alliance khabar

बुधबार, पुष २४, २०८१

दोलखा, पुस २४ गते ।

 दोलखाको भीमेश्वर नगरपालिका–२ ऐतिहासिक सहर दोलखामा रहेको प्रसिद्ध भीमेश्वर मन्दिरमा सिन्के धुप स्वास्थ्यका लागि हानीकारक भन्दै बाल्न बन्द गरेपछि बाटेको धुपले प्राथमिकता पाएको छ ।

मन्दिरमा अनिवार्य गरी बाटेको धुप बाल्न प्राथमिकता दिएपछि यहाँका व्यापारीहरुलाई बाटेको धुपबाट फाइदा भएको पुस्तेनी व्यवसायी उर्मिला श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार बाजेका पालादेखि नै फूलसँगै धुप बेचेर जीवनयापन गरिरहेका छौँ । खेतीपाती समेत नभएकाले यही व्यवसायमा निर्भर छौँ । सिन्के धुप बेच्दा पैसा धेरै देखिन्थ्यो । दिनमा चार/पाँच हजार हुन्छ । बाटेको धुपबाट बिक्री थोरै भए पनि नाफा यसैमा छ । पतिको निधनलाई पनि यसैले बिर्साएको छ ।

उहाँले भन्नुभयो, ‘‘तीन छोरा र एक छोरीलाई पालनपोषण, पठनपाठन र विवाह दान समेत यही पेसाले धान्यो । अहिले छोरी आफ्नै घरमा रमाइरहेका छन् । दुई छोराबुहारीहरु काठमाडौंमा व्यवसाय गर्छन् । एक छोराबुहारीले यही पेसालाई सघाइरहेका छन् । बाटेको धुप स्वास्थ्यका लागि फाइदा भएकाले भक्तजनहरु बाटेको धुप नै किन्ने गर्छन् । छोरानातिले पनि बाटेको धुप नै बेच्छन् । यसैमा रमाउँछन् ।’’

‘‘राम्रै फाइदा भइरहेको छ । व्यवसायी उर्मिलाले भन्नुभयो, ‘‘फुर्सदमा धुप आफैँ बनाउँछु । अर्कासँग किन्नु नपर्दा धेरथोर यसबाट पनि फाइदा भएको छ । दिनचर्या पनि बितेको छ ।’’

यहाँ पूजा सामग्रीसँगै बाटेको धुप बेच्ने १५ जना जति रहेका छन् । अर्की व्यवसायी नवीना श्रेष्ठले भन्नुभयो, ‘‘२० वर्षदेखि यही पेसा अपनाइरहेका छौँ । खासै फुर्सद नभएकाले बाटेको धुप अरुसँग लिने गरिएको छ । अनिवार्य भएकाले भक्तजनले किन्नै पर्ने हुन्छ । राम्रै फाइदा हुने गरेको छ । शनिबार र मङगलबार धेरै बिक्री हुने गर्छ ।’’

दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति सचिव राजेन्द्रनारायाण श्रेष्ठले भन्नुभयो, ‘‘भक्तजनले सिन्के धुप बालेर जथाभावी राखिदिनाले मन्दिर परिसरमा फोहोर हुनुका साथै भक्तजनकै कपडा पनि जल्ने गरेकाले बाल्न बन्द गरिएको हो । स्वास्थ्यकर भएकाले बाटेको धुप मात्र बाल्न पाइने व्यवस्था मिलाइएको छ । यसले रोजगार सिर्जना पनि भएको छ । अहिले सबै घरमा बाटेको धुप बनाउने काम हुन्छ ।’’

फोहोर नियन्त्रका लागि फलामका त्रिसुल, ससाना घण्टी, चुनरी पनि चढाउन बन्द गरिएको छ । बलिकान बेलामा रातो र रुद्रीका बेला सेतो कपडा चढानुपर्नेमा व्यवसायीहरुले पूजा मात्रका लागि कपडा बेच्ने गरेकाले निश्चित मात्र बेच्न पाउने व्वस्था समेत गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल