alliance khabar

बुधबार, पौष २४, २०८१

बिर्तामोड, पुस २४ गते ।

 निर्माण व्यवसायी संघ झापाको अध्यक्षमा रमेश अधिकारी निर्वाचित हुनुभएको छ । मङ्गलबार भएको मतदानमा १६३ मत ल्याई अधिकारी अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी प्रकाशकुमार सिंहले १४२ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, सहकोषाध्यक्षमा सुरेन्द्र धिमाल निर्वाचित हुनुभयो । सहकोषाध्यक्ष पदका लागि तीन जनाबिच प्रतिस्पर्धा भएको थियो । त्यसमध्ये धिमाल १०४ मत ल्याई निर्वाचित हुँदा सोही पदमा एंगल गुरुङले ९९ र सुरेश भट्टराईले ९८ मत प्राप्त गर्नुभयो  ।

त्यस्तै, सदस्यहरुमा प्रवीण कट्वाल २४६, मनोज उप्रेती २२४, इन्जिनियर विवेक जवेगू २२५, गंगाप्रसाद गौतम २२४, दिनेश मैनाली २२२, ज्ञानबहादुर तामाङ २०० , इन्जिनियर डालिम खड्का १९९, आशिष बान्तवा १९५, उद्धव कुँवर १९३ र भरत भट्टराई १९१ मत ल्याई निर्वाचित हुनुभयो  । कुल १० सदस्यका लागि १५ जनाले उम्मेदवारी परेको थियो ।

अध्यक्ष, सहकोषाध्यक्ष र सदस्यबाहेक बाँकी पदहरुमा यसअघि नै सर्वसम्मत भइसकेको थियो । जसमा प्रथम उपाध्यक्षमा केदार गिरी, द्वितीय उपाध्यक्षमा राजकुमार राई, तृतीय उपाध्यक्षमा नयन बराल, महासचिवमा पुष्पराज निरौला, सचिवमा लोकेन्द्र श्रेष्ठ , कोषाध्यक्षमा यज्ञनिधि भुर्तेल र महिला सदस्यमा कमला थाम्सुहाङ निर्विरोध हुनुभएको थियो ।

निर्माण व्यवसायी संघ झापामा ३७४ जना सदस्य रहेकोमा ३०५ जनाले मतदानमा भाग लिएको निर्वाचन समितिका संयोजक गोपाल थापाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल