alliance khabar

मंगलबार, पुष २३, २०८१

जनकपुर, पुस २३ गते । 

आज दिउँसो १ बजेदेखि मधेस प्रदेश सभाको चौथो अधिवेशनको बैठक बस्दै छ ।

मधेस प्रदेश सभा सचिवालय जनकपुरधामले प्रदेश सभाको चौथो अधिवेशनको लागि सूचना पनि जारी गरिसकेको छ । यसअघि मधेस प्रदेश सरकार (मन्त्रीपरिषद्)को निर्णयअनुसार सिफारिस भई आएको हुँदा मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सभाको चौथो अधिवेशन आह्वान गर्नु भएको थियो ।

मदेसका मुख्यमन्त्री सतिशकुमार सिंहको अध्यक्षतामा गत १६ गते मङ्गलवार सम्पन्न मन्त्रीपरिषद् बैठकले चौथो अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बैठकको निर्णय बमोजिम सिफारिस भएर आएपछि प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको चौथो अधिवेशन पुस २३ गते मङ्गलबार अपराह्न १ः०० बजेबाट लागू हुने गरी आह्वान गर्नु भएको थियो ।

सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभाको बैठक आह्वान गरेपछि प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ३ को उपनियम (१) र (४) बमोजिम प्रदेश सभा सदस्यलगायत सबैको जानकारीको लागि प्रदेश सभा सचिवालयले सूचना जारी गरिसकेको प्रदेश सभा सचिव वासुप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल