alliance khabar

मंगलबार, पुष २३, २०८१

काठमाडौँ, पुस २३ गते  ।

  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको पत्रकारिता क्षेत्रले लोकतान्त्रिक आन्दोलनमा मात्र नभएर सामाजिक र आर्थिक रूपान्तरणमा समेत योगदान गर्दै आएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीको सोमबार शीतलनिवासमा आयोजित स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले लोकतन्त्रको सुदृढीकरण र स्थायित्वमा पत्रकारहरूको मुख्य भूमिका हुनुपर्ने बताउनुभयो ।

राष्ट्रपतिले भन्नुभयो, “स्वतन्त्र र निष्पक्ष एवं व्यावसायिक पत्रकारिता तथा जनताको सूचनाको हक लोकतन्त्रको आधार स्तम्भ हो । संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ । लोकतन्त्रको सुदृढीकरण र यसको स्थायित्व पनि पत्रकारहरूको मुख्य लक्ष्य हुनु पर्छ भन्ने म ठान्दछु ।”

उहाँले सूचना प्रविधिको तीव्र विकाससँगै समाचारको विषयवस्तु, सञ्चार माध्यम र सूचना सम्प्रेषणमा आएको परिवर्तनले पाठकको सही सूचना पाउने चाहना पूरा गर्न सहज भएको उल्लेख गर्नुभयो तर सूचना प्राप्ति र सम्प्रेषणमा सजिलो भएसँगै छिटो सूचना दिने होडबाजीमा मिथ्या सूचना प्रवाह हुन सक्ने र त्यसले समाजलाई दिग्भ्रमित पार्न सक्ने खतरातर्फ आमसञ्चार माध्यमहरू सचेत हुनुपर्ने सुझाव दिनुभयो । उहाँले उपलब्ध नवीनतम सूचना प्रविधिको अधिकतम प्रयोगसँगै राज्यको चौथो अङ्गका रूपमा रहेको सञ्चार माध्यमले स्वतन्त्र, निष्पक्ष र वस्तुनिष्ठ भएर व्यावसायिक धर्म निर्वाह गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रपति पौडेलले श्रमजीवी पत्रकारको हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र व्यावसायिक पत्रकारिताका लागि नवनिर्वाचित कार्यसमितिले प्रभावकारी ढङ्गले काम गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति निवासमा पत्रकार महासङ्घका नवनिर्वाचित केन्द्रीय अध्यक्ष निर्मला शर्मासहित पदाधिकारी र सदस्यहरूको सभागिता थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल