alliance khabar

सोमबार, पुष २२, २०८१

दैलेख, पुस २२ गते 

एक हप्ताअघिदेखि बेपत्ता भएका किशोरकिशोरी आइतबार मृत भेटिएका छन् । पुसको १३ देखि बेपत्ता भएका उनीहरू घरनजिकैको तुसोरे जङ्गलमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

कालिका माध्यमिक विद्यालय भगवतीमाई गाउँपालिका–४, मन्घरमा कक्षा १० मा अध्ययनरत मनसिंह विक र कक्षा ९ मा अध्ययनरत शर्मिला थापा एक हप्तादेखि बेपत्ता हुनुहुन्थ्यो ।

विद्यालयका प्रधानाध्यापक कर्णबहादुर थापाले एक हप्तासम्म पनि विद्यालयमा नआउँदा परिवारलाई खबर गरिएको र घरमा नभएको कुरा आएपछि खोजी गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “खोज्दै जाँदा जङ्गलमा एउटै डोरीमा बाँधिएर आत्महत्या गरेको पाइयो । प्रेमसम्बन्धमा थिए कि भन्ने आशङ्का छ ।”

छात्रा शर्मिला थापाका आफन्तसमेत रहेका प्रधानाध्यापक थापाले शवको पोस्टमार्टम गर्न केटापक्षले आनाकानी गरेको बताउनुभयो । उहाँले जातीय विभेदको कुरा ल्याएर केटापक्षले आनाकानी गरेपछि पोस्टमार्टम गर्न नसकिएको जनाउनुभयो । केटाकेटी दुवैले आत्महत्या गरेका कारण केटापक्षले नै केटीको समेत काजकिरिया गर्ने कुरा केटी पक्षले गरेको र केटापक्षले पोस्टमार्टम गर्दा गर्भमा बच्चा भएको खण्डमा मात्र आफूहरूले काजकिरिया गर्ने केटापक्षको अडान रहेको छ ।

दलित अधिकारकर्मी तथा अगुवा जयबहादुर विकले जातीय विभेदकै कारण किशोरले आत्महत्या गरेकाले सहजै पोस्टमार्टम गर्न नसकिने बताउनुभयो । उहाँले विभेदकै कारण दुवैको मृत्यु भएको बताउँदै यस्ता घटना दोहोरिन नदिन जिम्मेवार पक्षले विभेद अन्त्यका लागि साझा प्रतिबद्धता नगर्दासम्म आफूहरूले शव नबुझ्ने बताउनुभयो ।

उहाँले जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुखको व्यवस्थापन पहिला गर्नुपर्ने बताउनुभयो । उहाँले दुवै पक्षको क्षति भएका कारण दुवै पक्ष सहमतिमा आएर शवको पोस्टमार्टम गर्न प्रहरीले सहजीकरण गरिरहेको जानकारी दिनुभयो । प्रहरीले शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल