alliance khabar

शनिबार, पुष २०, २०८१

रातोमाटे (मकवानपुर), पुस,२० गते ।

बागमती प्रदेश सरकारले बागमती प्रदेश प्रवेश गर्ने नाकामा आठ स्थानमा अत्याधुनिक सुरक्षा जाँच चौकी निर्माण प्रक्रिया अगाडि बढाएको छ ।

देशका अन्य प्रदेशमा समेत अन्तरप्रदेश प्रवेश गर्ने कुनै पनि स्थानमा हालसम्म प्रविधियुक्त सुरक्षा जाँच चौकी स्थापना नभएको अवस्थामा बागमती प्रदेश सरकारले पहिलो पटक प्रदेशका आठ स्थानमा अत्याधुनिक सुरक्षा जाँच चौकी निर्माण प्रव्रिmया अगाडि बढाएको हो ।

बागमती प्रदेशको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी प्रदेशको आन्तरिक सुरक्षा सुदृढ र राजस्व वृद्धिमा समेत सहयोग पु-याउने लक्ष्यसहित एकीकृत सुरक्षा जाँचको अवधारणा प्रदेश सरकारले ल्याएको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो । प्रदेश सरकारले पहिलो चरणमा मधेश प्रदेशको प्रवेशविन्दु हेटौँडा उपमहानगरपालिकाको वडा नं. १४ र १५ को सिमानामा अवस्थित रातोमाटेमा र सिन्धुली जिल्लाको भिमानमा सुरक्षा जाँच चौकी स्थापना गर्ने गरी प्रव्रिmया अगाडि बढाएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुरक्षा जाँच चौकी स्थापनाका लागि प्रारम्भिक चरणमा सुरक्षा जाँच चौकी निर्माणको आवश्यकता, स्थान पहिचान, लगानीलगायतका सन्दर्भमा शनिबार हेटौँडा उपमहानगरपालिका–१४ स्थित रातोमाटेमा सरोकारवालासँग छलफल गरेको छ ।

एक प्रदेशबाट अर्को प्रदेशमा प्रवेश वा निकास हुने सवारीसाधनको जाँच अनिवार्य रूपमा प्रविधियुक्त जाँच चौकी राख्ने अन्तर्राष्ट्रिय प्रचलन र अभ्यास रहेपछि नेपालमा हालसम्म यस्ता जाँच चौकी नभएको अवस्थामा प्रदेश सरकारले गत आर्थिक वर्षबाट प्रदेश सरकारले सुरक्षा जाँच चौकी निर्माण गर्न बजेट व्यवस्था गरेको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिनुभयो ।

सिन्धुली जिल्लाको भिमानमा सुरक्षा जाँच चौकी स्थापना गर्न यसअघि नै विस्तृत परियोजना प्रस्ताव तयार र वातावरणीय प्रभाव मूल्याङ्कनको काम पूरा भएको छ । भिमानमा सुरक्षा जाँच चौकी स्थापना गर्न प्रदेश सरकारले गत आवमा दुई करोड रुपियाँ विनियोजन गरेको थियो । मन्त्रालयका सचिव दर्जीले प्रदेशभित्र प्रवेश वा निकास भएका सवारीसाधनको व्यवस्थित अभिलेख राख्न, कानुनविपरीत कार्य गर्ने चालक र सवारीसाधनलाई कानुनको दायरामा ल्याउन, प्रदेश कर, राजस्व कार्यान्वयन गर्न र दुर्घटनामा न्यूनीकरण गर्न सीमित जनशक्ति परिचालन गर्ने गरी सुरक्षा जाँच चौकी राख्न लागेको बताउनुभयो ।

यसैबिच छलफल कार्यव्रmममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले प्रदेशको आन्तरिक सुरक्षासँगै राजस्व वृद्धिमा सहयोग पु¥याउन प्रदेशमा प्रवेश गर्ने नाकामा एकीकृत सुरक्षा जाँच चौकी अत्यावश्यक भएको बताउनुभयो ।

उहाँले अन्तर्राष्ट्रिय नाका भएका प्रदेशको प्रवेश नाकामा सङ्घीय सरकारसँगको सहकार्यमा जाँच चौकी स्थापना गर्न सकिने भन्दै तीन तहको सरकारको समन्वयमा सुरक्षा

जाँच चौकी स्थापना अगाडि बढाउँदा प्रभावकारी हुने बताउनुभयो ।

सुरक्षा जाँच चौकी सिन्धुलीको भिमान, हेटौँडाको रातोमाटेसँगै चितवनको नारायणगढ, मुग्लिङ, सिन्धुलीको नागस्थान, रसुवागढी, कोदारी र दोलखाको लामाबगरमा चरणबद्ध रूपमा निर्माण गर्ने प्रदेश सरकारले योजना बनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल