alliance khabar

शुक्रबार, पौष १९, २०८१

काठमाडौँ, पुस १९ गते।

ग्लोबल लेबर युनिभर्सिटी को GLU Asia, Australia & Oceania Alumni Network को सयोजक पदमा लोकेन्द्र पनेरु निर्वाचित हुनु भएको छ । उक्त पदकालागि नेपाल, भारत, पाकिस्तान, बाङ्लादेश र इन्डोनेशिया बाट उम्मेदवारी रहेकोमा नेपालकाे तर्फबाट उम्मेदवारी दिनुभएका पनेरु सर्वाधिक मत प्राप्त गरि निर्वाचित हुनु भएको हो ।

GLU का अफ्रिका, युरोप, ल्याटिन अमेरिका, नर्थ अमेरिका, क्यारेबियन र Asia, Australia & Oceania गरि ५ बटा क्षेत्रहरूका लागि गत वर्ष नोभेम्बरमा निर्वाचन सप्पन्न भएको थियो । GLU Asia, Australia & Oceania का लागि संयोजक निर्वाचित पनेरु ट्रेड युनियनमा लामो समयदेखि क्रियाशील हुनुहुन्छ । हाल वहाँ नेपाल टेलिकम वर्कर्स युनियन (NTCWU)को महासचिव पदको जिम्मेवारीमा रहनु भएको छ ।

दुई जनावरी २०२५ मा काठमाडौमा सप्पन्न एक समारोह बिच वहाँलाई आगामी कार्यकालका लागि जिम्मेवारी हस्तान्तरण गरिएको थियो। यस अघि GLU Asia, Australia & Oceania Alumni नेट्वोर्कका लागि संयोजक रहनु भएका श्री तिलक जंग खडकाले जिम्मेवारी हस्तान्तरण गर्नु भएको हो ।

उक्त कार्यक्रममा UNI APRO का महासचिव श्री राजेन्द्र आचार्य , NTUC का रास्ट्रिय अध्यक्ष योगेन्द्र कुमार कुँवर , UNI नेपालका अध्यक्ष श्री शंकर लामिछाने, CLASS नेपालका अध्यक्ष लेख प्रसाद बुर्लाकोटी लगायत क्लास नेपालका पदाधिकारी, नेपाल स्थित GLU Alumni हरु एवं विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल