alliance khabar

बुधबार, पुष १७, २०८१

धनगढी, पुस १७ गते।

 छाडा चौपायाबाट बाली जोगाउनका कैलालीका किसान खेतमै बास बस्न बाध्य भएका छन्। राति छाडा चौपाया खेतमा आएर हिउँदे बाली नोक्सान गर्न थालेपछि कृषक खेतमै बास बस्न बाध्य भएका हुन्। उनीहरुले राति नै चौपाया धपाउने गरेका छन्। यसैगरी, छाडा चौपाया आउने नाकामा गस्तीसमेत गर्ने गरेका छन्। हिउँदमा हरेक वर्ष छाडा चौपायाले हैरान पार्ने गरेको कैलारी गाउँपालिका–३ लालपुरका कृषक गुरीलाल चौधरीले बताउनुभयो।

उहाँका अनुसार सो क्षेत्रमा भारततर्फबाट राति छाडा चौपाया खेतमा आएर हिउँदेबाली नोक्सान गर्दै आएका छन्। छाडा चौपायाले एकै रातमा बालीमा धेरै क्षति गर्ने गरेकाले आफूहरु खेतमै जाग्राम बस्नु पर्ने बाध्यता सृजना भएको कृषक चौधरीको भनाइ छ।

छाडा चौपायाले कृषिमा ठुलो नोक्सान गरिरहेतापनि सो समस्या समाधानका लागि स्थानीय तहले सहयोग नगरेको किसानको गुनासो छ। भर्री, के गाउँ, भितरिया, लालपुर, शिवरत्नपुर, मोहनपुर, भुईयाँफाँटा, छटकपुर बसन्ता, बर्का बसन्ता, तिघरी लगायतका क्षेत्रमा छाडा चौपाया समस्याले किसान हैरान बनेका छन्। हिउँदेबाली जोगाउन हिउँदभरि उनीहरुले गस्ती गर्नु पर्ने बाध्यता रहेको छ।

किसानका अनुसार धेरै छाडा चौपाया बसन्ता वन क्षेत्रमा बसिरहेका छन्। त्यसैगरी, भारततिरबाट पनि अत्यधिक चौपाया आउने गरेका छन्। वनमा बसिरहेका छाडा चौपायाले बच्चा जन्माउँदै गरेकाले सङ्ख्या बढ्दै गएको जनाइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल