alliance khaabr

बुधबार, पुष १७, २०८१

कलाले मानिसलाई आनन्द दिन्छ, उद्वेलित गराउँछ । परम्परागत कला त अझ ज्ञान प्राप्तिका लागि पनि प्रयोगमा ल्याइन्छ । नेपाली परम्परागत कलामा विशेष स्थान राख्दै आएको पौभा कलामा पनि पहिलेको तुलनामा निकै भिन्नता आएको छ । तथापि यो कलामा माध्यम, रङ प्रयोगमा सामान्य परिवर्तन आएको भए पनि विषयवस्तु र मूल शैली भने पुरानै रहेको छ । कलाकारले चित्र बनाउँदा पनि शास्त्रीय विधिलाई नै मानेर कला सिर्जना गरिरहेका छन् ।

प्रस्तुत चित्र अग्रज पौभा कलाकार सुन्दर सिंखवालको एक उत्कृष्ट सिर्जना हो । सामान्यतया थाङ्का पौभा आकारमा सानै बनाइन्छ । यो चित्र सामान्यभन्दा केही ठूलो आकारको छ । यस चित्रमा २१ वटा तारा (जुन विशेषगरी बुद्ध धर्मसँग सम्बिन्धित छन्) देखाइएको छ । तारा अवलोकितेश्वर बोधिसत्वले संसारको दुःख देखेर उनको आँसु आउँदा सोही आँसुबाट ताराको उत्पत्ति भएको मान्यता रहेको छ । बीचमा हरित तारालाई राखेर अरू २० तारालाई कलाकारले वरिपरि चित्रण गरेका छन् । शान्त र मधुर रङमा खेल्न रुचाउने कलाकार सिंखवालले यस चित्रको पृष्ठभूमिलाई केही अँध्यारो बनाउन कालो रङ बढी प्रयोग गरेको देखिन्छ । रेखाङ्कनमा पोख्त सिंखवालले चित्रलाई अझ आकर्षक बनाउन बोर्डरमा पिलरको र अन्य अलङ्करण प्रयोग गरेका छन् । यो चित्र सिद्धार्थ आर्ट ग्यालरीमा हालै प्रदर्शनमा राखिएको थियो ।

कलाकार : सुन्दर सिंखवाल

शीर्षक : २१ तारा

माध्यम : क्यानभासमा ग्वास

आकारः १००x७४ सेमी

सिर्जना वर्ष : २०८० साल

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल