alliance khabar

आइतबार, पुष ०७, २०८१

काठमाडौँ, पुस ७ गते।

 धादिङको रुवीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगीसहित आठ जनाविरुद्ध दश लाख ८९ हजार ९८९ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार आर्थिक वर्ष २०७६/७७ मा धादिङको रुवीभ्याली गाउँपालिका वडा नं। ४ बोराङस्थित पागोमादेखि स्कुलसम्म शाखा सडक निर्माणको कार्यमा सो भ्रष्टाचार भएको देखिएको छ।

आयोगका अनुसार २०७६ चैत १७ गतेदेखि २०७७ असार २५ गतेसम्म सो कार्य सम्पन्न गर्ने सम्झौता भएको थियो। तर, कम काम भएकोमा बढी गरेको देखाइ प्राविधिक मुल्याङ्कनसहितको नापी किताब तयार एवम् कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी उपभोक्ता समितिलाई बढी भुक्तानी गरिएको छ।

नेगीसहित, सुदिप रेग्मी, बाबुलाल नेगी र लाल मान तामाङलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा कैद र जरिवाना हुन मागदाबी लिइएको आयोगले जनाएको छ।

यसैगरी, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अजयलाल तामाङ, सचिव सन्जिव तामाङ र कोषाध्यक्ष सञ्चामाया तामाङविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ८ को उपदफा (४) बमोजिम बिगोसमेत जफत हुन मागदाबी लिइ आइतबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोेगले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल