alliance khabar

बिहिबार, मंसिर २७, २०८१

नेपालगन्ज, मङ्सिर २७ गते : बाँकेको दुर्गम मानिने राप्तीसोनारी गाउँपालिकामा धेरै जनाको कान पाकेको जानकारी प्राप्त भएपछि नेपालगन्जस्थित ब्रिनोज कान स्वास्थ्य सामुदायिक केन्द्रले त्यहाँ निःशुल्क कान उपचार शिविर आयोजना गरेर १२ सयभन्दा बढीको जाँच गरेको छ ।

ब्रिनोज कान स्वास्थ्य सामुदायिक केन्द्र नेपालगन्जको आयोजना तथा राप्तीसोनारी गाउँपालिकाको समन्वय एवम् आर्थिक सहयोगमा निःशुल्क प्राथमिक कान उपचार शिविर सञ्चालन गरी १२ सय ६५ जनाको निःशुल्क कान जाँच गरिएको हो ।

ब्रिनोज कान स्वास्थ्य सामुदायिक केन्द्रको प्राविधिक टोलीसहित आयोजना गरिएको निःशुल्क उपचार शिविरमा ५८५ जना पुरुष तथा ६८० जना महिला गरी जम्मा १२ सय ६५ जनाको कान जाँच गरिएको वरिष्ठ कान सहायक चिकित्सक तथा आउटरिच इन्चार्ज भिषणकुमार थारुले जानकारी गराउनुभयो ।

उहाँले सो निःशुल्क कान उपचार शिविर कुसुम स्वास्थ्य चौकीबाट सुरु गरी फत्तेपुर स्वास्थ्य चौकीमा समापन गरिएको बताउनुभयो ।

आउटरिच इन्चार्ज भिषणकुमार थारुले दिनुभएको जानकारी अनुसार जम्मा १२ सय ६५ जना महिला पुरुषमध्ये कान पाक्ने रोगबाट ग्रसित १२८ जना भेटिएका थिए । उनीहरुको राम्रो उपचारको व्यवस्था मिलाइएको जनाइएको छ ।

सो निःशुल्क प्राथमिक कान उपचार शिविर राप्तीसोनारी गाउँपालिकाको भित्री क्षेत्रमा १२ दिनसम्म सञ्चालन गरिएको थियो ।

जिल्लाका अन्य पालिकाभन्दा राप्तीसोनारी गाउँपालिकामा स्वास्थ्यसम्बन्धी संस्थाहरुको अभाव रहेको र कानको त कुनै उपचार नै नहुने गरेकाले यो शिविर राख्न अनुरोध गरेर राखिएको गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले बताउनुभयो ।

उहाँले जिल्लामा राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका स्वास्थ्य सेवाबाट करिब करिब बन्चित नै रहेको जनाउँदै निःशुल्क स्वास्थ्य शिविरको भरमा मात्रै स्थानीयले उपचार सेवा पाउँदै आएको बताउनुभयो ।

ब्रिनोज कान स्वास्थ्य सामुदायिक केन्द्रका चिकित्सक भिषण थारुले जिल्ला भित्र वा जिल्ला बाहिर कही पनि कान चेकजाँच सहकार्य गर्न संस्था सदैव तत्पर रहेको जनाउँदै सहकार्य गर्न कोही इच्छुक भए सम्पर्क गर्न आग्रह गर्नुभयो ।

बाँके जिल्लामा अन्य उपचारका लागि धेरै अस्पताल र संस्थाहरु भए पनि कानको उपचारका लागि निकै कम अस्पताल छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल