alliance khabar

बिहिबार, आषाढ ०७, २०८०

काठमाडौँ — नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्रबहादुर कुँवर निर्वाचित भएका छन् । काठमाडौंमा भएको सातौँ राष्ट्रिय महाधिवेशनबाट कुँवर अध्यक्षमा निर्वाचित भएका हुन् । संस्थापन पक्षका उम्मेदवार कुँवरले कोइराइला समूहका उम्मेदवार महेन्द्र यादवलाई पराजित गरे ।

कुँवरले ४४१ मत ल्याउँदा यादवले ३७६ मत पाए । अध्यक्षमा संस्थापन पक्षका कुँवरले जिते पनि महासचिवमा भने कोइराला समूहका अजयकुमार राई निर्वाचित भएका छन् । राईले संस्थापन पक्षका डीपी अर्याललाई पराजित गरे ।यस्तै, वरिष्ठ उपाध्यक्षमा तेजेन्द्रजंग कार्की, खुला उपाध्यक्षमा गणेशबहादुर केसी, महिला उपाध्यक्षमा राधिका कुइँकेल खनाल, सेवा क्षेत्रतर्फको उपाध्यक्षमा नेत्रविक्रम थापा, उत्पादन क्षेत्रतर्फको उपाध्यक्षमा ललितबहादुर श्रेष्ठ, र अनौपचारिक तथा स्वरोजगार क्षेत्रको उपाध्यक्षमा राजेश पालिखे निर्वाचित भएका छन् ।

यस्तै, कोषाध्यक्षमा सञ्जयकुमार दाहाल निर्वाचित भएका छन् । खुलातर्फको उपमहासचिवमा जनार्दन भट्टराई र बलदेव तामाङ तथा महिला उपमहासचिवमा सुशीला घिमिरे निर्वाचित भएका छन् । सेवा क्षेत्रतर्फको उपमहासचिवमा देवदत्त बडु, उत्पादन क्षेत्रतर्फको उपमहासचिवमा कुलबहादुर खड्का र अनौपचारिक तथा स्वरोजगार क्षेत्रको उपमहासचिवमा रुकमणी थापा अर्चना निर्वाचित भएका छन् भने रशामाया गुरुङ सहकोषाध्यक्ष बनेकी छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल