alliance khabar

आइतबार, मंसिर ०९, २०८१

काठमाडौँ, मङ्सिर ९ गते ।

 चलचित्र ‘परालको आगो’ मा अभिनेतृ सुहाना थापा अनुबन्धित हुनुभएको छ । निर्माता कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट सुशील पोखरेल र थापाबिच लिखित सहमति भएको छ । पोखरेलले सामाजिक सञ्जालमार्फत अभिनेतृ थापासँग चलचित्रका लागि लिखित सहमति भएको जानकारी दिनुभएको हो ।

कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’ मा केन्द्रित रहेर चलचित्र बन्न लागेको हो । मैनाली कथा पुरस्कार ट्रस्टले केही दिनअघि ‘मर्म नबिग्रने’ सर्तमा चलचित्र निर्माणको अनुमति दिएको थियो । ‘परालको आगो’ मैनालीको कथासङ्ग्रह ‘नासो’ मा सङ्गृहीत छ ।  कथा ‘परालको आगो’ मा दुई पात्र चामे र गौँथलीको झैँ झगडालाई प्रस्तुत गरिएको छ । लक्ष्मण सुनारले निर्देशन गर्नुहुने चलचित्रको प्रदर्शनी २०८२ सालको दसैँमा तय गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल