alliance khabar

बिहिबार, कार्तिक २२, २०८१

नमरायणगढ, कात्तिक २२ गते ।

नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टी बलियो नबनाई कार्यकर्ताको सुरक्षा नहुने बताउनुभएको छ । नेपाल पत्रकार महासघ चितवनका पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठले आयोजना गर्नुभएको शुभकामना कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

नेता डा. महतले आफ्ना विचार र काम यथार्थको धरातलमा बसेर सार्वजनिक गर्दै जानुपर्ने धारणा राख्नुभयो । “पार्टीको मूल्य मान्यताभन्दा बाहिर नगई पार्टी भित्र एकता ल्याउन जरुरी छ”, उहाँले भन्नुभयो । ब्यक्तिगत, पक्ष विपक्ष र गुट उपगुट त्यागेर संगठन गर्न सवैलाई उहाँले अनुरोध गर्नुभयो ।

अब पार्टी भित्रका मत मतान्तर अन्त गरेर जानुपर्छ, उहाँले भन्नुभयो । नेता डा. महतले पत्रकार श्रेष्ठ र उहाँका बुबा बाबुराम श्रेष्ठले काँग्रेसका लागि गर्नुभएको योगदानको चर्चा गर्नुभयो । कार्यक्रममा वागमति प्रदेशका पूर्व मन्त्रीद्वय मिलन श्रेष्ठ, उत्तम जोशी लगायतले धारणा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल