Alliancekhabar

सोमबार, आश्विन १४, २०८१

टीकापुर, असोज १४ गते : कैलालीको भजनीका १०१ जनाको आँखाको शल्यक्रिया भएको छ । असोज ११ गतेदेखि १३ गतेसम्म भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको शिविरमा ८२६ जनाको आँखाको जाँच भएको छ । जमध्ये १०१ जनाको आँखामा भएको मोतियाबिन्दुको शल्यक्रिया भएको हो ।

भजनीस्थित आँखा उपचार केन्द्रमा आँखा जचाउन आउने मानिसलाई आँखाको शल्यक्रिया गर्नुपर्ने सुझाव दिए पनि आर्थिक अभावका कारण उपचार नगराएकाले उपचार शिविर राखिएको गेटा आँखा बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले जानकारी दिनुभयो ।

नाम दर्ताको २० रुपियाँ मात्र तिरेर निःशुल्क शल्यक्रिया, औषधी, चश्मा प्राप्त गर्नु स्थानीयका लागि ठूलो सहयोग भएको ७२ वर्षकी आमाको आँखाको शल्यक्रिया गराउनुभएका कैलाश विश्वकर्माले बताउनुभयो । भजनी वर्षेनी बाढीबाट प्रभावित हुने क्षेत्र भएकाले यहाँका बासिन्दाको आर्थिक अवस्था कमजोर छ ।

शल्यक्रिया गर्नुपर्ने भनिएका व्यक्तिहरुले समयमा उपचार नगरेको पाइएकाले उपचार टोलीको खर्च व्यहोर्ने गरी शिविर माग गरिएको भजनी नगरपालिकको स्वास्थ्य शाखा प्रमुख कैलाश डगौरा थारुले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल