alliance khabar

बिहिबार, भाद्र २०, २०८१

काठमाडौँ, भदौ २० गते ।

कालजयी गीत ‘राजमती’ को नेपाली भाषामा पुनः लेखन, सङ्गीत गरी सार्वजनिक गरिएको छ । बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा मदनकृष्ण श्रेष्ठले सो गीतको नेपाली भर्सन सार्वजनिक गर्नुभएको हो ।

नेपालका पहिलो गायक सेतुराम प्रधानले विसं १९६५ ताका भारतको कोलकाता गई नेपाली र नेपाल भाषाका राजमतीसहित १४ वटा गीत आफैँले गाएर ग्रामोफोन डिस्कमा रेकर्ड गराउनुभएको थियो । नेपालीले ग्रामोफोन डिस्कमा रेकर्ड गराएको पहिलो घटना यही हो । यही सर्वप्रिय गीतलाई नेपाली भर्सनमा गीतकार कृष्णदेव रिमालको भाषा सम्पादन, गायक कृष्ण काफ्लेको स्वर र सन्तोष श्रेष्ठको सङ्गीत संयोजनमा ल्याइएको हो । सागर खनाल र सोनी लगुनलगायत कलाकारको अभिनय रहेको भिडियोको कन्सेप्ट र निर्देशन सबनम मुखियाले गर्नुभएको छ । गीतका निर्माता रश्मि प्याकुरेल हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल