काठमाडौँ माघ-१६
शहीद दिवसको अवसर पारेर एक कार्यक्रमका बीच शहीद स्मृति प्रतिष्ठानले कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा शहीद स्मृति प्रतिष्ठानका अध्यक्ष खिलानाथ दाहालले शहिदहरूको तस्बिरमा माला,पुष्प गुच्छा तथा अविर अर्पण गर्नुभएको थियो।
उहाँले “शहीदहरूले अलोकतान्त्रिक व्यवस्थाको परिवर्तन तथा नागरिकहरूको अवस्थाको परिवर्तनका निमित्त आफूलाई बलिदानी गर्नुभएका र राज्यका सम्पूर्ण संयन्त्रले शहीदहरूको आत्मसम्मानमा ठेस नपुग्ने गरी नागरिकहरुले सुशासनको अनुभूति गर्ने किसिमको राज्य व्यवस्था सञ्चालन गरिनुपर्ने बताउनुभयो।”
कार्यक्रम शहीद स्मृति प्रतिष्ठानका सदस्य तथा समाजसेवी अचुत पौडेल,समाजसेवी डा.आरती कार्की ,अनु शर्मा, शिला के.सी ,लीलानाथ चौलागाईं लगायत थुप्रै महानुभावहरूको उपस्थितिका बीच कार्यक्रम सम्पन्न भएको थियो।