alliance khabar

आइतबार, माघ ०७, २०८०

काठमाडौँ, ६ माघ : धादिङ नीलकण्ठ नगरपालिका वडा नं ५ स्थित कालिका सामुदायिक वन उपभोक्ता समितिले सामुदायिक वन संरक्षणमा अतुलनीय योगदान पुर्याएबापत आफ्ना चारजना संरणकर्मीलाई सम्मान गरेको छ ।

समितिको साधारण भेलाका अवसरमा शनिबार नीलकण्ठ–५ स्थित महेन्द्रोदय कालिका माध्यामिक विद्यालयको परिसरमा आयोजित कार्यक्रममा सम्मानित हुनेमा रामहरि शर्मा नेपाल, बलराम ढुङ्गाना, दुर्गाप्रसाद रिमाल र मसिना पौडेल हुनुहुन्छ । सम्मानित व्यक्तित्व नेपालले तत्कालीन महेन्द्रोदय कालिका प्राथमिक विद्यालय स्थापनार्थ नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । साथै उहाँले सोही विद्यालयमा प्रधानाध्यपक भई लामो समय सेवा गर्नुभएको थियो । विद्यालयमा निम्नमाध्यमिक तथा माध्यमिक तहको पठनपाठन सुरुआत गराउन उहाँले नेतृत्वदायी भूमिकासमेत निर्वाह गर्नुभएको थियो ।

धादिङको समग्र शैक्षिक एवं प्राज्ञिक उन्ननयका लागि लामो समय व्यतित गर्नुभएका समाजसेवी नेपाल पछिल्ला दिनमा जिल्लाको वन क्षेत्रको संरक्षणमा जुट्दै आउनुभएको छ । कार्यक्रममा नीलकण्ठ–५ का वडा सदस्य राजाराम ढुङ्गाना, डिभिजन वन कार्यालय धादिङका अधिकृत दीपक पुडासैनी तथा कालिका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष किशोर ढुङ्गानाले सम्मानित व्यक्तिलाई सम्मानपत्र अर्पण गर्नुभएको थियो । साविकको खाल्टे गाउँ विकास समितिका वडा नं ४ र हाल नीलकण्ठ–५ मा रहेको सो सामुदायिक वन समिति विसं २०५७ गठन भई वन संरक्षणमा सक्रिय हुँदै आएको छ । करिब एक सय ९५ हेक्टरमा फैलिएको सो वन जिल्लाकै उत्कृष्ट वनभित्र रहेको जनाइएको छ ।

सो अवसरमा नीलकण्ठ–५ का वडा सदस्य राजारामले स्थानीय विकास निर्माणमा आफूले राजनीति विचारभन्दा माथि उठेर सेवा प्रदान गर्दै आएको बताउनुभयो । वन समितिका अध्यक्ष किशोरले वन क्षेत्रका संरक्षणमा स्थानीय उपभोक्ता नै चनाखो बन्नुपर्छ भन्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल