alliance khabar

शनिबार, माघ ०६, २०८०

काठमाडौँ, ६ माघ : नेकपा (एकीकृत समाजवादी)ले यही माघ २५ गतेदेखि महाधिवेशन केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ । आगामी वैशाख महिनाभर सञ्चालन गरिने अभियानअन्तर्गत सङ्गठन सुदृढीकरण, सदस्यता वितरण, राजनीतिक तथा सामाजिक गतिविधिको अभिलेखीकरण, प्रशिक्षणलगायत कार्यक्रम सञ्चालन गरिने छ ।

आगामी जेठमा राष्ट्रिय महाधिवेशन गर्न लागेको पार्टीले मातहतका कमिटीलाई यही माघ १४ र १५ गते काठमाडौँमा हुने आसन्न दोस्रो केन्द्रीय परिषद् बैठकमा सहभागी हुन आउने सबै नेतालाई पार्टी सदस्यता नवीकरण गर्न निर्देशन दिएको छ । विधान संशोधन मस्यौदाबारे छलफल गरिने सो बैठकमा पार्टीले तयार पारेको विधान संशोधन मस्यौदामा तल्लो कमिटीका सुझाव समावेश गरिनेछ ।

बैठकमा सहभागिताका लागि केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीलगायत कमिटीमा रहेका नेताले समयमै आफ्नो कार्य क्षेत्रका केन्द्रीय परिषद् सदस्यलाई बैठकबारे जानकारी गराउनुपर्ने प्रावधान राखेको पार्टी कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

पार्टीको विधान संशोधनबारे मातहतका प्रदेश र जिल्ला कमिटीबाट सुझाव आएपछि विधान मस्यौदाको अन्तिमरूप दिइने छ । पार्टी केन्द्रले सुझाव सङ्कलनका लागि विधानको मस्यौदा प्रदेश, जिल्ला कमिटीमा पठाइएको छ । पार्टी सदस्यता विस्तार तथा सङ्गठन सुदृढीकरण गर्न तल्लो तहलाई निर्देशन दिएको पार्टीले यही माघ ८ गते विधान मस्यौदा समितिको बैठक बोलाएको छ । पार्टीले आसन्न राष्ट्रियसभा निर्वाचनमा सत्तारूढ दलका उम्मेदारलाई विजय गराउन पार्टी पङ्क्तिलाई परिचालन गर्न निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल