alliance khabar

शनिबार, पुष २८, २०८०

जानकी (बाँके), २८ पुसः नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस दाङको भालुवाङस्थित राप्ती नदीमा खस्दा चार यात्रुको मृत्यु भएको छ । भे१ख ३९१२ नम्बरको माउन्टेन एयर न्यू बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खस्दा हालसम्म चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जनकारी दिनुभयो ।

प्रहरी प्रमुख केसीका अनुसार घाइते २० यात्रुलाई प्रस्तावित अस्पताल भालुवाङ र लमही अस्पताल लमहीमा उपचारका लागि लगिएको छ । मृतक र घाइतेहरुको भने पहिचान खुल्न सकेको छैन । घटनाको थप विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो ।

घटनास्थलमा स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार जारी राखेको प्रहरी उपरीक्षक केसीले बताउनुभयो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल