alliance khabar

शुक्रबार, पुष २७, २०८०

कञ्चनपुर, २७ पुस : थारू समुदायको लोकसंस्कृति जगेर्ना गर्ने उद्देश्यले बेलौरी नगरपालिकामा ‘माघ म्याला’ आयोजना गरिएको छ । थारू कल्याणकारिणी सभाको आयोजनामा म्याला आयोजना गरिएको हो । मेला तीन दिनसम्म सञ्चालन हुने भएको छ ।

म्यालामा थारू समुदायको लोकसंस्कृति झल्कने गहना, पहिरन, खाद्य सामग्री, सहनसहन, लोककथा, गीत, भाषा, साहित्यसम्बन्धीका वस्तुहरू प्रदर्शनीमा राखिएका छन् ।

“म्यालमा पुग्ने दर्शक तथा अवलोकनकर्ताका लागि परम्परागत थारू परिकार पस्कने व्यवस्था मिलाएका छौँ,” सभाका बेलौरीका अध्यक्ष खडक चौधरीले भन्नुभयो, “थारू संस्कृतिसँग सम्बन्धित परम्परागत गीतसँगै सखिया, झुम्रा, मुग्रह्वा, मघौटालगायत नृत्य स्थानीय कलाकारले देखाउने व्यवस्था मिलाइएका छौँ ।”

थारूसँग सम्बन्धित राष्ट्रियस्तरका कलाकारले म्यालामा पुग्ने अवलोकनकर्ता र दर्शकलाई मनोरञ्जन दिने व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।

बुढापाकाबाट युवाले संस्कृतिका बारेमा जानकारी पाई परम्परागतकालदेखि चल्दैआएका असल संस्कृतिलाई जीवन्त राख्न मद्दत पुगोस् भनेर प्रत्येक वर्षको यसै बेला म्याला आयोजना गरिँदै आएको उहाँले बताउनुभयो ।

थारू समुदायमा विद्यमान कुरीतिलाई हटाउनका लागि जनचेतना जगाउने कार्यक्रम समेत म्यालामा राखिएको उहाँको भनाइ छ । बिहीबारदेखि सञ्चालन भएको म्याला पुस २८ गतेसम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल