alliance khabar

सोमबार, पुष २३, २०८०

भोजपुर, २३ पुस : बाढीले क्षति भएको सवाखोला लोहाकोट विजुवापानी सामुदायिक लिफ्ट आयोजना पुनः सञ्चालनमा आएको छ । गत असार २ गते आएको बाढीले पूर्णरुपमा क्षति भएको आयोजना मर्मतपछि सञ्चालन आएको हो । बाढीले आयोजनाको मुहानस्थल बगाएपछि यहाँका तीन सय १८ परिवारले पानीको समस्या भोग्दै आएका थिए ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले मुहानस्थलको पुनःनिर्माण गरेर बस्तीमा पानी पु¥याएको हो । बन्द अवस्थामा रहेको आयोजना सञ्चालनमा आएपछि स्थानीयलाई सहजता भएको सभाखोला लोहाकोट विजुवापानी सामुदायिक लिफ्ट आयोजनाका अध्यक्ष उद्धवराज त्रितालले बताउनुभयो ।

सङ्खुवासभाको चैनपुर नगरपालिका–११ मा सञ्चालन भइरहेको यो आयोजनाबाट तीन सय ८६ घर परिवारमध्ये एक सय १८ परिवारले पानीको उपभोग गर्दै आएका छन् । अहिले सबै परिवारमा पाइप जडान कार्यसम्पन्न भएकाले केही दिनभित्र सबै परिवारमा पानी वितरण हुने उहाँले बताउनुभयो । “निर्माणको अन्तिम अवस्थामा रहेको आयोजना बढीले बगाएपछि हामीलाई पानीको समस्या थियो”, अध्यक्ष त्रितालले भन्नुभयो, “पुनः निर्माण गरेर पानी बस्तीमा पु¥याएका छौँ । अहिले यहाँको पानीको समस्या हटेको छ ।”

बाढीले क्षति पुगेको आयोजनाको पुनःनिर्माण भएर बस्तीमा पानी पुगेपछि सहज भएको स्थानीयवासी ललित राईले बताउनुभयो । पानी नहुँदा समस्या भइरहेको अवस्थामा कार्यालयको सक्रियताले पुनः बस्तीमा पानी पुगेपछि सहजता भएको उहाँको भनाइ छ । “बाढीले आयोजना बगाएपछि बस्तीमा पानीको हाहाकार नै भएको अवस्था थियो”, उहाँले भन्नुभयो, “आयोजना बगाएको करिब पाँच महिनामा पुनःनिर्माण भएको छ । बस्तीमा पानी पुगेपछि धेरै सहज भएको छ ।”

बाढीले क्षति भएको आयोजनाको पुनः मर्मतसम्भार गरेर सञ्चालनमा ल्याइएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले जनाएको छ । आयोजना निर्माणको काम सम्पन्न भएकाले अब उपभोक्ता समितिलाई हस्तान्तरणको तयारी भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहले बताउनुभयो । “निर्माणको अन्तिम चरणमा रहेको अवस्थामा यहाँ बाढीले क्षति पु¥यायो”, उहाँले भन्नुभयो, “अहिले पानी पुनःनिर्माण गरेर बस्तीमा पानी पु¥याएका छौँ । निर्माण काम पूरा भएकाले यो योजनालाई उपभोक्ता समितिलाई हस्तान्तरणको तयारी भइरहेको छ ।” कूल अनुमानित रु ११ करोड ११ लाख आठ हजार नौ सय २७ लागतमा आर्थिक वर्ष २०७५÷७६ बाट यो योजनाको निर्माण थालिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल