alliance khabar

सोमबार, पुष ०२, २०८०

पुस २, काठमाडौ ।

नेपाल टेलिकमका संचालक समिति सदस्य शंकर लामिछाने आइतबारदेखि आमरण अनशन बस्नुभएको छ । लामिछाने कर्मचारीहरुको तर्फबाट निर्वाचित संचालक समिति सदस्य हुनुहुन्छ ।

लामिछानेले संचालक समितिमा आफुले उठाएका संस्थाको वृद्धि विकास र कर्मचारीको मुद्दाहरूमा संचालक समिति गम्भीर नभएको ठहर गर्दै आमरण अनशनमा बस्नु परेको बताउनुभएको छ ।

सदस्य लामिछानेले संचालक समितिको अध्यक्षलाई दिनुभएको ज्ञापनपत्रमा संस्थाको समृद्धि , कर्मचारीको वृद्धि विकास, उत्पादकत्व वृद्धि , सेवाग्राहीका सरोकारका विषय तथा श्रम सरोकार र सुशासनका विषयहरुमा कर्मचारी प्रतिनिधिका रुपमा पटकपटक जिम्मेवार रुपमा प्रस्तुत रहदा पनि संचालक समितिबाट ठोस निर्णय र कार्यान्वयन हुने अवस्था नदेखिएकाले अनशन बस्नुपरेको उल्लेख गर्नुभएको छ ।

लामिछानेले आफू कर्मचारीहरुको प्रतिनिधि भएकै कारण अर्कै नजरले हेरेको आसय समेत व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल