alliance khabar

सोमबार, पुष ०२, २०८०

ढोरपाटन (बागलुङ), २ पुस : बागलुङका गलकोट नगर अस्पताललाई विद्युतीय शवगृह उपलब्ध गराइएको छ । गलकोट नगरपालिका–६ नेपानेका झप्परबहादुर बस्नेतले बुबा वीरबहादुर र आमा मनकुमारीको स्मृतिमा विद्युतीय शवगृह सहयोग गर्नुभएको हो । बस्नेत परिवारले रु आठ लाख बढीको विद्युतीय शवगृह नगर अस्पताललाई सहयोग गरेको हो ।

गलकोट नगर अस्पतालका प्रमुख डा राजेश पौडेलले यसअघि विद्युतीय शवगृह नहुँदा अस्पतालको कामकाजमा बाधा पुग्ने गरेको बताउनुभयो । “विद्युतीय शवगृह नहुँदा सडेको शव परीक्षण गर्नुपरिरहेको थियो”, उहाँले भन्नुभयो ।

पश्चिम बागलुङमै विद्युतीय शवगृह थिएन । यस्तो अवस्थामा शव धेरै दिनसम्म राख्न राख्न मुश्किल हुने गरेको थियो । डा पौडेलका अनुसार अहिले प्राप्त भएको विद्युतीय शवगृहमा दुईवटा शव राख्न सकिन्छ । “यसअघि शवलाई सुरक्षितरुपमा राख्न बाग्लुङ पुग्नुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो ।

विद्युतीय शवगृह सहयोगकर्ता बस्नेतले अस्पताललाई चाहिने अन्य सामग्री पनि निरन्तर सहयोग गर्दै जाने बताउनुभयो । पश्चिम बागलुङका छ पालिकाका स्वास्थ्य संस्थामा एउटा पनि विद्युतीय शवगृह छैन । सदरमुकामस्थित धौलागिरि अस्पतालमा शव राख्नुपर्ने बाध्यता थियो । यो खर्चिलो थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल