alliance khabar

बिहिबार, मंसिर २१, २०८०

तनहुँ, २१ मङ्सिर : नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वशिक्षामन्त्री गोविन्दराज जोशीले शैक्षिक क्षेत्रमा अपेक्षित सुधार नहुँदा युवा वर्गको विदेश पलायन नरोकिएको बताउँदै त्यसमा व्यापक सुधार अपरिहार्य भएकामा जोड दिनुभएको छ ।

तनहुँको भानु नगरपालिका–११ मानेचौकास्थित त्रिभुवन क्याम्पसको रजत महोत्सवको बुधबार उद्घाटन गर्दै पूर्वमन्त्री जोशीले गुणस्तरीय एवं व्यावसायिक शिक्षा आजको अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाँले बेरोजगारी बढेपछि युवा पलायन भएका भन्दै उनीहरूलाई रोक्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

कक्षा १२ पास हुने बित्तिकै नयाँ पुस्ता विदेशिने क्रम बढ्दा वैदेशिक मुद्रा सञ्चितिमा पनि त्यसले प्रभाव पारेको वास्तविकता सुनाउँदै पूर्वमन्त्री जोशीले शैक्षिक क्षेत्रको सुधार तथा व्यावसायिक शिक्षाको विकासका निम्ति सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

त्यस अवसरमा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर गुरुङ, बिपी विचार समाजकी केन्द्रीय सदस्य बालकुमारी लोहनी, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, पूर्वप्रमुख उदयराज गौली, क्याम्पस प्रमुख रवीन्द्रराज जोशीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल