Alliancekhabar

सोमबार, मंसिर ११, २०८०

ताप्लेजुङ, मङ्सिर १० गते । नेकपा (एमाले) का सचिव तथा प्रतिनिधि सभा सदस्य योगेशकुमार भट्टराईलाई पहिचान पक्षधरले ताप्लेजुङमा कालो झण्डा देखाएका छन् । एमाले जिल्ला कमिटीले आइतबार आयोजना गरेको चियापानमा सहभागी हुन कार्यक्रम स्थलतर्फ जानेक्रममा भट्टराईलाई पहिचान पक्षधरले कालो झण्डा देखाएका हुन् ।

नेता भट्टराईलाई कालो झण्डा देखाउँदै पहिचान पक्षधरले सदरमुकाम फुङ्लिङमा प्रदर्शनसमेत गरेका छन् । पहिचान विरोधी भएकोभन्दै पहिचान पक्षधरले भट्टराई र प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बोविरुद्ध कालो झण्डासहित नाराबाजीसमेत गरेका थिए । संसदमा भनाइ राख्नेक्रममा भट्टराईले पहिचान विरोधी अभिव्यक्ति दिएको पहिचान पक्षधरले आरोप लगाएका छन् ।

यस्तै, प्रदेश १ को कोशी नामकरणमा हस्ताक्षर गरेकोभन्दै एमाले पोलिटब्युरो सदस्य तथा प्रदेशसभा सदस्य मेन्याङ्बोविरुद्ध पहिचान पक्षधरले प्रदर्शन गर्दैआएका छन् । कालो झण्डा देखाउने तथा प्रदर्शन गर्नेक्रममा एमाले कार्यकर्ता र पहिचान पक्षधरबिच सामान्य घम्साघम्सी (झडप) समेत भएको थियो । एमाले सांसदहरुविरुद्ध प्रदर्शन भए पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रदेशको कोशी नामकरण भएपछि सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मन्त्र, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, किराँत याकथुङ चुम्लुङ, किराँत राई यायोक्खा लगायतका पहिचान पक्षधरले विरोध जनाउँदै आएका छन् । पहिचान पक्षधरले कोशी नामाकरणलगत्तै पक्षमा मतदान गर्ने प्रदेशभरकै प्रदेश सभा सदस्यहरूलाई जिल्ला प्रवेशमा रोक लगाएका थिए ।

ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यद्वय भट्टराई र उर्मिला थेबे तथा प्रदेश सभा सदस्य मेन्याङ्बोकै प्रायोजनमा एमाले जिल्ला कमिटीले दसैँ, तिहार, छठ, चासोक तङ्नाम, ल्होसारजस्ता चाडपर्वको अवसर पारेर आइतबार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल