Alliancekhabar

सोमबार, मंसिर ११, २०८०

काठमाडौं, मङ्सिर ११ गते । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा आज दोस्रो दिन दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक ११ दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ९६ दशमलव ६७ को बिन्दुमा कायम भएको छ ।

आज दुई सय ९० कम्पनीको ६० लाख १७ हजार तीन सय ९७ कित्ता शेयर ५२ हजार चार सय ८० पटक खरिद बिक्री हुँदा रू एक अर्ब ७५ करोड ४७ लाख ५० हजार सात सय ५५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज होटल तथा पर्यटन समूह शून्य दशमलव २५, लगानी समूह शून्य दशमलव ४९, म्युचुअल फन्ड शून्य दशमलव ०१ र व्यापार समूह शून्य दशमलव ३७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै घट्नेमा जीवन बीमा समूह शून्य दमलव ८९ र बैंकिङ समूह शून्य दशमलव ८४ प्रतिशतले घटेको छ ।

अपर स्याङ्गी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आठ दशमलव ०४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू सात करोड ७७ लाख ६३ हजार पाँच सय ८५ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै प्रभु बैंक प्रमोटर शेयर चार लाख ९७ हजार तीन सय ६९ कित्ता किनबेच भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल