Alliancekhabar

शुक्रबार, मंसिर ०८, २०८०

हेटौँडा, मङ्सिर ८ गते । मकवानपुरको मनहरीमा बाघको आक्रमणबाट शुक्रबार बिहान एक जनाको मृत्यु भएको छ । खर काट्न गएका बेला बाघले आक्रमण गर्दा चितवन राप्ती नगरपालिका–१ दुबिचौरका ४३ वर्षीय हरि पौडेलको बिहान १०ः१५  बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

मनहरी गाउँपालिका वडा नं. ६ खयरघारी गाउँबाट २ किलोमिटर दक्षिणतर्फ रहेको राप्ती र लोथरखोलाको मध्यवर्ती क्षेत्र अन्तर्गत दोभानमा खर काट्न गएको बेला बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरको टोली घटनास्थलतर्फ गएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल