alliance khabar

बिहिबार, मंसिर ०७, २०८०

काठमाडौँ, ७ मङ्सिर : मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर भूकम्पको परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति १ बजेर १९ मिनेटको समयमा ४ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको हो ।

केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले काठमाडौँ, मकवानपुर र धादिङ गरी तीनवटै जिल्लाको सिमानामा पर्ने चित्लाङमा परकम्प गएको जानकारी दिनुभयो । परकम्प काठमाडौँ नजिक भएकाले आसपास जिल्लामा ठूलो धक्का महसुस गरिएको उहाँले उल्लेख गर्नुभयो ।

काठमाडौँसहित धादिङ, मकवानपुरमा परकम्पको ठूलो धक्का महसुस गरिएको थियो । यसअघि मङ्सिर ४ गते बझाङको धमेना केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टरस्केलको परकम्प गएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल