Alliancekhabar

बुधबार, मंसिर ०६, २०८०

महोत्तरी, मङ्सिर ६ : महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा रहेको दुर्गा मन्दिरबाट चोरी भएको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक मनोज कुमार यादवले गौशाला बजारमा रहेको दुर्गा मन्दिरबाट छठको पारणको दिन चोरी भएको सुनको नथिया र टिकासहित एक जना नाबालकलाई पक्राउ गरिएको जानकारी दिनुहुँदै अनुसन्धान भइरहेकोले नाम सार्वजनिक गर्न नसकिने बताउनुभयो ।

उहाँले मन्दिरबाट चोरी भएकोे १४ आना बराबरको सुनको नथिया र टिका समेत सो बालकबाट बरामद भइसकेको जानकारी दिनुहुँदै थप अनुसन्धान जारी रहेकोले विस्तृत रुपमापछि मात्रै भन्न सकिने समेत जानकारी दिनुभयो ।

गौशाला बजारको बीचमा रहेको सो मन्दिर कात्तिकमा दुर्गा पूजाको अवसरमा धुमधामका साथ पूजाआजा गरी सञ्चालनमा ल्याइएको मन्दिरका पुजारी काशिकान्त झाले बताउनुभयो । उहाँले माता दुर्गाका आभूषणको लागि भारतबाट करिब १० लाखमा गरगहना खरिद गरिएको बताउनुहुँदै सोमबार मूर्तिबाट गरगहना चोरी भएको देखेपछि प्रहरीमा खबर गरिएको जानकारी दिनुभयो ।

प्रहरीले मन्दिरमा चोरी भएको घटनाको अनुसन्धान गर्दै जाँदा ति नाबालकलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल