Alliancekhabar

बुधबार, मंसिर ०६, २०८०

बर्दिबास, मङ्सिर ६ : जिल्ला प्रहरी महोत्तरीको हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको छ । हिरासत पुस्तकालयमा कथा, उपन्यास, जीवनी, विचार, सिद्धान्त, उत्प्रेरणा, इतिहास लगाएत विभिन्न विधाका ३९८ थान पुस्तक छन् ।

पुस्तक खरिदका लागि आवश्यक दुई लाख ५० हजार रुपियाँ जलेश्वर वडा नं २ का वडाध्यक्ष वरुण दाहालले सहयोग गर्नुभएको जिल्ला प्रहरीले जनाएको छ । मधेश प्रदेशका प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले बुधबार उद्घाटन गर्दै थुनुवाहरुको सोचविचार, आचरण र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले पुस्तकालय स्थापना गरिएको बताउनुभयो ।

“पुस्तकहरुको अध्ययनले बौद्धिक विकासका साथै सोचमा सन्तुलन, आचरणमा परिवर्तन र एकाकीपन मेटन सहयोग पुग्ने भएकोले हिरासतमा पुस्तकालय स्थापना गरिएको हो,” प्रदेश प्रहरी प्रमुख भट्टराईले भन्नुभयो । उहाँले हिरासत पुस्तकालयलाई थुनुवा रहेका महोत्तरीका इलाका प्रहरी कार्यालयहरुमा पनि विस्तार गर्न समन्वय भइरहेको जनाउनुभयो ।

उद्घाटनपछि थुनुवाहरुका लागि पुस्तकालय खुला गरिएको छ । जिल्ला प्रहरी महोत्तरीको हिरासत कक्षमा अहिले ५३ जना थुनुवा रहेको डिएसपी एवम् सूचना अधिकारी दिलीपकुमार गिरीले बताउनुभयो ।

गिरीका अनुसार मधेश प्रदेश प्रहरी र जिल्ला प्रहरी महोत्तरीवीच गत साउनमा सम्पन्न सम्झौताको बुँदा नं २५ अनुसार हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको हो ।पुस्तकालयका लागि आवश्यक र्‍य ाकहरु वडा नं ६ का वडाध्यक्ष रवीन्द्र साहले सहयोग गर्नु भएको जिल्ला प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल