Alliancekhabar

मंगलबार, मंसिर ०५, २०८०

सुर्खेत, मङ्सिर ५ :१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता ८१ मङ्सिरमा कर्णाली प्रदेशले आयोजना गर्दै छ । आयोजक प्रदेशको रूपमा रहेको कर्णाली प्रदेशले पछिल्लो समय आफ्नो खेलकुद गतिविधिलाई १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता केन्द्रित बनाउन थालेको हो । सोमवार बसेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्को १५ औँ बोर्ड बैठकले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेशबाट छनौट भएका खेलाडीहरूलाई मासिक ५ हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।

१० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीले दुई अङ्कको लक्ष्य अर्थात् ‘९९’ को टाग्रेट मिट गर्ने गरी तयारी थालेको परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालले जानकारी दिनुभयो । बाग्मती प्रदेशले १५ फागुनबाट आयोजना गर्ने अन्तर प्रदेश स्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कर्णाली प्रदेशबाट छनौट भएका खेलाडीहरूलाई नै १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बन्द प्रशिक्षणमा राख्ने गरी परिषद्ले तयारी थालेको छ ।

‘यो भन्दा अघिको खेलको नतिजाको आधारमा हामीले कर्णालीमा मेडल सम्भावित खेलहरूको  वर्गीकरण गरिसकेका थियौ आज बसेको १५ औँ बोर्ड बैठकले त्यसलाई झन् मूर्त रूप दियो बोर्ड बैठकका निर्णयबारे जानकारी दिँदै,’सदस्य सचिव संज्यालले भन्नुभयो, त्यसमा केही खेलहरू तलमाथि हुन सक्छन् ।

मासिक ५ हजार भत्ता दिने निर्णयले खेलाडी खुसी

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को १५ औँ बोर्ड बैठकबाट १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि छनौट भएका खेलाडीहरूलाई मासिक रु, ५ हजार दिने निर्णयले खेलाडीहरूमा समेत उत्साह छाएको छ । कर्णाली प्रदेशबाट आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट राष्ट्रिय प्रतियोगिताहरूमा निरन्तर सहभागी हुँदै आएकी एथलेटिक्स विधा र ब्याडमिन्टन विधाकी खेलाडी शेस्ना सिर्पालीले कर्णाली प्रदेश खेलकुद विकास परिषद्को यो निर्णयले खेलाडीहरूलाई धेरै ठुलो सहयोग पुग्ने बताउनुभयो । यो भन्दा अघिका थुप्रै राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा विना तयारी सहभागी हुनुपर्ने पीडा अब कर्णालीमा अन्त्य भएको उहाँले बताउनुभयो । ‘अभावहरू धेरै थिए अब खेलकुद विकास परिषद् गठन भएपछि छनौट भएका खेलाडीलाई भत्तास्वरूप ५ हजार दिने निर्णयले खेलाडीहरूलाई खेल तयारीको लागि झन् हौसला पुग्नेछ उहाँले भन्नुभयो ।

यस्तै राष्ट्रिय स्तरका क्रिकेट खेलाडी उत्पादन गरेर पनि खेल मैदानको अभाव झेलिरहेको कर्णालीमा अब एक स्थानीय तह एक क्रिकेट ट्रेनिङ सेन्टरको स्थापना हुने भएको छ । परिषद्को १५ औ बोर्ड बैठकले क्रिकेट खेलको दीर्घकालीन योजनाको रूपमा स्थानीय तहको साझेदारीमा एक स्थानीय तह एक क्रिकेट ट्रेनिङ सेन्टरको स्थापना गर्ने दीर्घकालीन योजना पास गरेको छ । प्रदेश राजधानी सहर वीरेन्द्रनगरमा भने कालिन्चोकस्थित क्रिकेट मैदान र निर्माणाधीन प्रदेश रङ्गशालाको उत्तरपट्टिको भागमा क्रिकेट रङ्गशाला निर्माण थालेको छ । विभागीय मन्त्री एवं परिषद्का अध्यक्ष खड्गबहादुर पोखरेलले कर्णाली प्रदेश सरकारले १० औ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीको लागि कुनै कुराको अभाव हुन नदिने बताउनुभएको छ । बाहिर विभिन्न शङ्का उब्जिरहेको भन्दै पोखरेलले भौतिक संरचना होस् वा खेल पूर्व तयारीको लागि होस् कर्णाली प्रदेश सरकार १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्ण तयारीमा जुटिसकेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल