Alliancekhabar

मंगलबार, मंसिर ०५, २०८०

ओखलढुङ्गा, मङ्सिर ५ :करदाता सेवा कार्यालय ओखलढुङ्गाले चार महिनाको अवधिमा छ करोड बढी राजस्व  सङ्कलन गरेको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ को साउनदेखि कात्तिक सम्मको अवधिमा कार्यालयले छ करोड ६० लाख २४ हजार राजस्व सङ्कलन गरेको हो ।

आठ करोड २१ लाख ५२ हजार राजश्व संकलन गर्ने लक्ष्य लिइएको भए पनि लक्ष्यको ८०.३७ प्रतिशत मात्र राजस्व सङ्कलन भएको करदाता सेवा कार्यालय ओखलढुङ्गाका कर अधिकृत धिरेन्द्र बस्नेतले बताउनुभयो । सबैभन्दा बढी आयकर बापत तीन करोड ७० लाख ७४ हजार र भ्याट कर वापत दुई करोड ४५ लाख २६ हजार सङ्कलन भएको छ ।

भ्याट कर धेरै जसो ठेक्काबाट सङ्कलन हुने भएकोले चैत–वैशाखमा भ्याट कर बढ्ने अधिकृत बस्नेतको भनाइ छ । अन्त शुल्कवापत ३२ लाख १४ हजार, घर बहाल कर वापत नौ लाख ९९ हजार, ब्याज क वापत दुई लाख तीन हजार र शिक्षा कर वापत सात हजार राजस्व सङ्कलन भएको छ । राज्यले नागरिकको सुरक्षा र सेवा सुविधाको लागि अरबौँ रकम खर्चिने र त्यो रकम नागरिकले बुझाएको कर बाटै पुर्ति हुने भएकाले कर तिर्नु नागरिकको कर्तव्य भएको कर अधिकृत बस्नेतको भनाइ छ ।

यस्तै, कार्यालयले आर्थिक वर्ष २०७९-०८० मा ३२ करोड २९ लाख ६६ हजार राजस्व सङ्कलन गरेको थियो । ३४ करोड ७३ लाख ८२ हजार संकलन गर्ने लक्ष्य राखेकोमा लक्ष्यभन्दा केही कम ९२.९७ प्रतिशत राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । कार्यालयबाट स्थानी लेखा नम्बर दर्ता नवीकरण, अन्तःशुल्क दर्ता, कर चुक्ता, कारोबार थपघट, कारोबार बन्द लगायतका सेवा प्रदान हुँदै आएको छ । कर दाता सेवा कार्यालयले सोलखुम्बुको पासाङल्हामु गाउँपालिका बाहेक ओखलढुङ्गा र सोलुखुम्बुका सबै स्थानीय तहलाई सेवा दिने गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल