Alliancekhabar

बिहिबार, कार्तिक २३, २०८०

पोखरा,  कात्तिक २३ गते । पर्यटकीय सहर पोखरास्थित लेकसाइडका व्यवसायी उच्च अदालत पोखराको आदेशपछि उत्सुाहित भएका छन् । अदालतले पर्यटकीय नगरी पोखराको मुख्य केन्द्र लेकसाइड चौबीसै घण्टा खोल्न बुधबार आदेश दिएसँगै उनीहरुमा खुसी छाएको हो ।

उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले लेकसाइडमा भएका व्यापार व्यवसाय चौबीसै घण्टा खोल्न दिन जिल्ला प्रशासन कार्यालय कास्कीलाई अन्तरिम आदेश दिएको थियो । व्यापार, व्यवसाय गर्न रोक नलगाउन मागसहित स्थानिय देवीकुमारी बरालले दिएको रिट निवेदनउपर भएको बहसपछि न्यायाधिश भट्टराईले यस्तो आदेश दिनुभएको हो । आदेशमा  कानुनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्नु नगराउनू भनिएको छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले  लामो समयदेखि पर्यटन व्यवसायीले उठाएको आवाजको सम्बोधन भएको प्रतिक्रिया दिनुभयो । “हामी निकै आजित भइसकेका थियाँै, पटक पटक प्रहरी प्रशासन, राज्य संयन्त्रलाई यसबारे जानकारी गराउँदै आएका थियौँ । आज बल्ल माग सम्बोधन भएको छ । अब कार्यावन्यनको पर्खाइमा छौँ ।” प्रहरीले १० बज्न नपाउँदै सिठी लगाएर होटल रेष्टुराँ बन्द गर्न आउने गरेका कारण खाना खाँदै गरेका पाहुना मुखामुख गर्नुपर्ने स्थिति सिर्जना हुने गरेको थियो ।

“अदालतको आदेशले अब राहत मिलेको छ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो । उहाँले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेसँगै यहाँको पूर्वाधार विकासलाई पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक सुरक्षासहित पर्यटनमैत्री वातावरणका लागि राज्यले सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराका कार्यवाहक अध्यक्ष विश्वराज पौडेलले उच्च अदालतको आदेश व्यवसायी र पर्यटकमैत्री भएको बताउनुभयो । “यो आदेश स्वागतयोग्य छ, लेकसाइडमा आउने पर्यटक आनन्दले घुम्ने तथा मनोरञ्जन लिन चाहन्छन, यसअघि उनीहरुलाई बाधा पुगेको थियो”, उहाँले भन्नुभयो । अदालतको आदेशलाई प्रभावकारीरुपमा कार्यान्वयन गरेर पोखरालाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न तीनै तहका सरकारले चासो र प्राथमिकता दिनुपर्ने अध्यक्ष पौडेलले बताउनुभयो ।

यसैगरी होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले  अदालतको आदेशले व्यवसायीको मनोबल बढाएको बताउनुभयो । “व्यवसायीले जोखिम मोलेर पर्यटन क्षेत्रमा लगानी गरेका छाँै । तर राज्य पर्यटनमैत्री बन्न नसक्दा जोखिम बढिरहेको छ, यो आदेशले उत्साह थपिएको छ”, उहाँले भन्नुभयो । आदेशपछि तालको सुन्दरतासँगै लेकसाइड आसपासका रात्रीकालिन दृश्यसहित मनोरञ्जन लिनबाट अब पोखरा आउने पर्यटक वञ्चित हुनु नपर्ने अध्यक्ष सुवेदीको भनाइ छ ।

पर्यटन बहुआयामिक क्षेत्रसँग जोडिएको हुनाले हरेक पक्षबाट पर्यटकको सहजतासहितको आतिथ्यताको खाँचो हुने भएकाले सम्बन्धित निकाय जिम्मेवार भएर यो क्षेत्रको प्रवद्र्धन गर्नुपर्ने उहाँले बताउनुभयो । गृह प्रशासन सुधार कार्ययोजनामा ठमेल, दरबारमार्ग, पोखराको लेकसाइडजस्ता पर्यटकको अवागमन बढी हुने क्षेत्रमा २४ घन्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने उल्लेख छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल