Alliancekhabar

बिहिबार, कार्तिक २३, २०८०

हेटौँडा, कात्तिक २२ गते । बागमती प्रदेश सरकारले प्रदेशभित्रका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुलाई बस खरिदमा अनुदान दिने भएको छ ।

प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०–८१ को सामुदायिक विद्यालयलाई बस खरिदमा अनुदान कार्यक्रम अन्तर्गत प्रदेशको शिक्षा विकास निर्देशनालय र विद्यालय व्यवस्थापन समितिबीच बुधबार हेटौँडामा आयोजित कार्यक्रममा विद्यालय बस खरिदमा अनुदानका लागि सम्झौता भएको हो ।

निर्देशनालयका निर्देशक दीपेन्द्र सुवेदीले विद्यालय बस खरिद गर्न मन्त्रालयले २७ वटा विद्यालयलाई प्रतिविद्यालय २५ लाख रुपियाँ अनुदान दिने बताउँदै चालु आर्थिक वर्षभित्रमा बस खरिद गरिसक्नुपर्ने बताउनुभयो ।

अनुदानमा आयात गरिने बसमा भन्सारलगायतका करहरु विद्यालयले छुट पाउने व्यवस्था रहेको छ । निर्देशनालयसँग बस खरिद सम्झौतासँगै अनुदानको ६० प्रतिशत पहिलो चरणमा र बाँकी ४० प्रतिशत बस आयातको अनुज्ञापत्र प्राप्त भएपछि दिइने छ ।

चालु आवका लागि विद्यालयलाई बस खरिदमा अनुदानमा दिन ६ करोड ७५ लाख रुपियाँ विनियोजन गरिएको छ । गत आवमा विभिन्न जिल्लाका २४ वटा विद्यालयले मात्र बस खरिदवापत अनुदान पाएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल