Alliancekhabar

सोमबार, कार्तिक २०, २०८०

गोरखा, २० कात्तिक : पछिल्लो समय नेपाल घुम्न आउने विदेशी पर्यटकहरुको लागि मनास्लु क्षेत्र रोजाइमा पर्ने गरेको छ । गोरखा सदरमुकामबाट बूढीगण्डकी नदीको तिरैतिर भई पाँच हजार एक सय पाँच मिटर उचाइको लार्के भञ्ज्याङ नाघेर लामो पदयात्रापछि यस क्षेत्रमा पुग्न सकिन्छ । चुमनुब्री गाउँपालिकामा पर्ने मनास्लु क्षेत्रमा प्राकृतिक सुन्दरता मात्र नभएर सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको पर्यटकीय क्षेत्र हो ।

मनास्लु क्षेत्रमा भ्रमणका लागि पुगेका विदेशी पर्यटकबाट करिब रु दुई करोड २८ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९÷८० मा मात्र मनास्लु क्षेत्र संरक्षण आयोजना कार्यालय (एमक्याप) ले मनास्लु क्षेत्र घुम्न गएका पर्यटकबाट एक वर्षमा रु दुई करोड २७ लाख ९७ हजार राजस्व सङ्कलन गरेको हो । मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालयले मनास्लु घुम्न जाने सार्क राष्ट्रका पर्यटक र अन्य विदेशी पर्यटकबाट प्रवेश शुल्क लिने गर्दै आएको छ । “कार्यालयले सार्क राष्ट्रका पर्यटकबाट प्रतिव्यक्ति रु एक हजार शुल्क उठाउने गरेको छ”, कार्यालयका प्रमुख सन्तोष शेरचनले भन्नुभयो, “त्यसबाहेक अन्य विदेशी पर्यटकबाट प्रतिव्यक्ति रु तीन हजार लिने गरिएको छ ।”

गत आर्थिक वर्षमा मनास्लु क्षेत्रमा सार्क राष्ट्रबाट घुम्नका लागि पुगेका एक सय ५९ पर्यटकबाट कूल रु एक लाख ५९ हजार राजस्व सङ्कलन भएको थियो । त्यस्तै अन्य विदेशी पर्यटकबाट रु दुई करोड २६ लाख ३८ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । चालु आवमा पर्यटकको सङ्ख्या बढ्ने अनुमान गरिएकाले राजस्व संकलनमा बृद्धि हुने अनुमान गरिएको प्रमुख शेरचनले जानकारी दिनुभयो । चालु आर्थिक बर्षको साउनदेखि असोजसम्म मात्र मनास्लु क्षेत्र पुगेका पर्यटकहरुबाट प्रवेश शुल्क वापत ८५ लाख ९ हजार रुपैया राजस्व संकलन भइसकेको छ । साउनदेखि असोजसम्मको अवधीमा मनास्लु क्षेत्रमा सार्क राष्ट्रका ९७ जना र सार्क राष्ट्रबाहेकका अन्य राष्ट्रबाट दुई हजार आठ सय चार जना गरी कूल दुई हजार नौ सय तीन जना पर्यटक त्यहाँ पुगेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल