alliance khabar

सोमबार, आश्विन २९, २०८०

मलेखु (धादिङ), २९ असोज ः धादिङको नीलकण्ठ नगरपालिका–३ बीचबजार चोकमा राष्ट्रिय विभूति शङ्खधर साख्वाको सालिक अनावरण गरिएको छ । स्थानीय टोलवासीले दाताको सहयोगमा सालिक तयार गरिएको थियो ।
राष्ट्रिय विभूतिको सम्मान गर्ने उद्देश्यले जिल्ला सदरमुकाम धादिङबेँसी बीचबजारको चौतारोमा सालिक स्थापना गरिएको बीचबजार टोल सुधार समितिका अध्यक्ष नन्दलाल श्रेष्ठले बताउनुभयो ।

सालिकसँगै कलात्मक ढुङ्गेधारा पनि निर्माण गरी सञ्चालनमा ल्याइएको छ । चौतारोमा विश्रामस्थल र गणेश मन्दिर पनि पुनःनिर्माण गरिएको छ । गाउँगाउँबाट सदरमुकाम आइपुगेका सुस्ताउने चौतारो परिसरमा बनेको सालिक, ढुङ्गेधारो र मन्दिरले यो स्थान अहिले निकै सुन्दर बनेको छ ।

स्थानीय दाताबाट सङ्कलन भएको रु तीन लाख ७५ हजार, बीचबजार टोल सुधार समितिको कोषमा रहेको एकलाख ९४ हजार तीन सय गरी कूल पाँच लाख ६९ हजार चार सय लगानीमा सालिक, ढुङ्गेधारा र विश्रामस्थलको संरचना निर्माण पूरा गरिएको समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

चौबिसैँ घण्टा तीन वटा धारोबाट पानी प्रयोग गर्न मिल्ने गरी ढुङ्गेधारा निर्माण गरिएको छ । भक्तपुरबाट मिस्त्री ल्याएर कलात्मक धारा र राष्ट्रिय सविभूति शङ्खधर सख्वाको सालिक निर्माण भइरहेको उहाँले बताउनुभयो । चौतारो, ढुङ्गेधारा, सालिक र मन्दिरले पुस्ताको पहिचान झल्काउने विश्वास गरिएको छ ।

सहयोगी दाताबाट सङ्कलन भएको एक लाख ५४ हजार छ सय र गणेश मन्दिर संरक्षण समितिको कोषबाट दुई लाख ५७ हजार गरी रु चार लाख ११ हजार छ सयबाट मन्दिरको पुनःनिर्माण गरिएको समितिका संरक्षण समितिका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल