Alliancekhabar

शनिबार, आश्विन २७, २०८०

खोटाङ, २७ असोज : दिक्तेलमा आयोजना गरिएको १५ औँ जिल्लास्तरीय सितोरियो कराते प्रतियोगितामा ४७ पदकसहित दिक्तेल डोजो पहिलो भएको छ । नेपाल सितोरियो कराते सङ्घ खोटाङले दिक्तेलस्थित माटिकोरेस्थित बहुउद्देश्यीय कभर्ड हलमा आयोजना गरेको सो प्रतियोगितामा दिक्तेल डोजोले १५ स्वर्ण, १३ रजत र १९ कास्य पदक प्राप्त गरेको हो ।

तीन स्वर्ण, तीन रजत र सात कास्यसहित हलेसी डोजो दोस्रो तथा दुई रजत र पाँच कास्यसहित च्यास्मिडार डोजो तेसो भएको सङ्घका अध्यक्ष मिलन कसजूले जानकारी दिनुभयो । धितुङ डोजो दुई कास्य पदकसहित चौथो भयो । दिक्तेल डोजोका लागि सिबिहाङ राई, जिताहाङ राई, सुसम राई, शिशिर राई, प्रणयविक्रम राई, सोनाम राई, सन्देश राई विकास आचार्य, सरगम राई, सोमिया राई, समीक्षा राई, आयुश्मा राई, स्मृति राई, सुशीला राई र मुना श्रेष्ठले आ–आफ्नो तौल समूहमा स्वर्ण पदक जिते ।

यस्तै हलेसी डोजोका लागि सुनिल परियार, थर्डसन राई, डोमन राई, ओलिसा राई र रोजिना शङ्करले आ–आफ्नो तौल समूहमा स्वर्ण जिते ।

च्यास्मिटार डोजोका लागि सङ्गम राई र अनुप राईले रजत तथा अर्बिन राई, सन्देश राई, मिलन राई, दिक्षा राई र प्रयुसा राईले कास्य पदक प्राप्त गरे । धितुङ डोजोका मनिता दर्नाल र युकेश राईले कास्य पदक प्राप्त गरे । पुरुष एकल कातामा दिक्तेलका अभिशेक राईले स्वर्ण, सोनाम राईले रजत तथा विकास आचार्य र आयुस भुजेलले कास्य पदक पाए ।

महिला एकल कातामा दिक्तेल डोजोकै सोमिया राईले स्वर्ण, अनिशा राईले रजत तथा विसुका राई र करुणा राईले कास्य पदक पाए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल