Alliancekhabar

बिहिबार, आश्विन २५, २०८०

काठमाडौँ, २५ असोज : राष्ट्रिय बाल अधिकार परिषद्को उपाध्यक्षको भूमिका एक दिनका लागि प्रतिकात्मकरुपमा एक बालिकालाई हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा किशोरीहरुलाई समावेशीकरण, सक्षमता र नेतृत्वको अनुभव गराउन बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) र प्लान नेपालको समन्वयमा परिषद्को पुल्चोकस्थित कार्यालयमा उपाध्यक्ष बमबहादुर बानियाँले कक्षा १० मा अध्ययनरत चञ्चल मण्डललाई जिम्मेवारी दिनुभएको हो ।

उपाध्यक्ष बानियाँले बालबालिकाको संरक्षण र नीतिगत मुद्दामा अगुवाइ र समन्वय गर्दै आएको परिषद्ले बालबालिकाको नेतृत्व विकास र अधिकारका संरक्षणमा काँधमा काँध मिलाएर काम गर्दै आएको बताउनुभयो । बालिका मण्डलले बालश्रम, बालविवाह, कुपोषण र विभेदबाट जोगाएर बालबालिकालाई मनोरञ्जनात्मक वातावरण विद्यालयमा पढाउनुपर्ने बताउनुभयो ।

सिजपका महासचिव तिलोत्तम पौडेलले किशोरीहरु नेतृत्व र सहकार्य गर्न सक्षम छन् भन्ने सन्देश दिन यस्ता कार्यक्रम गरिएको जनाउनुभयो । सो अभियानले बुधबार संसदीय समितिका सदस्यको भूमिकामा पनि बालिकालाई पद हस्तान्तरण कार्यक्रम आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • alliancekhabar1@gmail.com
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल