alliance khabar

बुधबार, आषाढ १०, २०८३

राजविराज, असार १० गते ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले आउँदै गरेको इस्लाम धर्मावलम्बीहरूको मोहरम पर्व सभ्य, मर्यादित र शान्तिपूर्ण वातावरणमा मनाउन आग्रह गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवद्वारा जारी सूचनामा मोहरम पर्वको अवसरमा सप्तरीमा बसोबास गर्ने सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै पर्व मनाउने क्रममा सार्वजनिक सडक तथा स्थानमा हातहतियार प्रदर्शन नगर्न, सवारी आवागमनमा अवरोध सिर्जना नगर्न तथा होहल्ला लगायतका अवाञ्छित गतिविधि नगर्न नगराउन अनुरोध गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले धार्मिक सद्भाव, सामाजिक सदाचार र सार्वजनिक शान्तिसुरक्षा कायम राख्दै पर्वलाई हर्षोल्लासपूर्वक मनाउन सबैमा अपिल गरेको छ। सूचनामा चाडपर्वको नाममा कानुनविपरीतका गतिविधि, हातहतियार प्रदर्शन वा सार्वजनिक शान्ति भंग हुने कुनै पनि कार्य गरे गराइएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल