alliance khabar

बुधबार, आषाढ १०, २०८३

मकवानपुर, असार १० गते ।

मकवानपुरका स्थानीय तहहरु आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम र बजेट बुधबार सार्वजनिक गर्ने भएका छन् । १० वटा स्थानीय तह रहेको मकवानपुरमा चार स्थानीय तहको बजेट यसअघिनै आ–आफ्नो पालिकाको सभामार्फत सार्वजनिक भइसकेको छ ।

मनहरी र भीमफेदी गाउँपालिकाले गाउँसभामा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेका छन् ।

मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले सोमबार र भीमफेदी गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठले मङ्गलबार गाउँसभामा नीति तथा कार्यक्रम पेस गर्नुभएको हो ।

दुवै पालिकाले बुधबार बस्ने गाउँसभामा आगामी आवको बजेट प्रस्तुत गर्नेभएका छन् ।

यस्तै बकैया, कैलाश र मकवानपुरगढी गाउँपालिकाले आगामी आवका लागि नीति तथा कार्यक्रम र बजेट आजको गाउँसभामा पेस गर्ने गरी तयारी गरेका छन् ।
हेटौँडा उपमहानगरपालिका र ईन्द्रसरोवर गाउँपालिकाले मङ्गलबार बसेको पालिकाको सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा ईन्द्रसरोवर गाउँपालिकाको बजेट गाउँसभाबाट पारित भएको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले जानकारी दिनुभयो । यस्तै थाहा नगरपालिकाको बजेट नगरसभाबाट पारित भइसकेको छ भने बागमती गाउँपालिकाको बजेट असारको चौथा साता गाउँसभाबाट पारित गर्ने गरी छलफलको चरणमा रहेको छ ।

स्थानीय तहहरुले स्थानीयको माग र आवश्यकतालाई आधार बनाउँदै भौतिक पूर्वाधार, पर्यटन र कृषिलाई प्राथमिकतामा राखेर आगामी आवको नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेको जनाएका छन् ।

उता मकवानपुरको राक्सिराङ गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट भने अन्य पालिकाभन्दा ढिला गरी आउने भएको छ ।
राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले विगतका आवमा भन्दा यो आवमा बजेट निर्माणमा जनशक्ति अभावलगायतका कारण ढिलाई हुने जानकारी दिनुभयो ।

बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेलेस्थानीयलाई आयआर्जन र उत्पादनमा जोड्न कृषिलाई प्राथमिकतामा राखेर बजेट आउने बताउनुभयो ।

भीमफेदी गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठले स्वास्थ्य, शिक्षालगायतका सामाजिक सुरक्षाका कार्यक्रम, रैथाने बालीको प्रवद्र्धनसँगै पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम आएको र त्यसलाई कार्यान्वयन गर्न बजेट आउने बताउनुभयो ।

यस्तै मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले पूर्वाधार र कृषिलाई प्राथमिकतामा राखेर बजेट आउने बताउनुभयो ।

कैलाश र मनहरी गाउँपालिकाले पनि पूर्वाधार, कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर आगामी आवको बजेट ल्याउने भएका छन् ।

थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपालीले नगरसभामा आगामी आवको लागि ९० करोड ९७ लाख ४४ हजार रुपियाँ बराबरको बजेट पेस गर्नुभएकोमा नगर सभाबाट पारितभएको छ ।

यसैगरी बागमती गाउँपालिकाका उपाध्यक्ष फनिन्द्रकुमार तिमल्सिनाले आगामी आवका लागि ७३ करोड २० लाख चार हजार रुपियाँ बराबरको बजेट प्रस्ताव गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल