alliance khabar

सोमबार, जेठ १८, २०८३

बागलुङ (गलकोट) जेठ १८ गते ।

बागलुङको तमान गाउँका जमुना घर्तीलाई ढाकाका कपडा बुन्न भ्याई–नभ्याई छ । बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर–३ मा रहेको महिला कल्याण आमा समुहको भवनमा बिहानैदेखि ढाकाको असकोट बुन्दै गरेकी घर्तीले आफुजस्तै १५ जना महिलाले हरेक दिन ढाकाका विभिन्न कपडा बुन्दै आएको बताउनुहुन्छ ।

महिलाहरुलाई ढाका उद्यमी बनाउनेदेखि उत्पादन खरिद सम्ममा गाउँपालिकाले सघाउँदै आएको छ ।

तमानका महिलाले ढाकाका सल, टोपी, गलबन्दी र असकोट बुन्दै आएका छन् । उनिहरुले उत्पादन गरेको कपडा तमानखोला गाउँपालिकाको कार्यालयले खरिद गर्दिने गरेको छ ।  सात वर्ष पहिले म्याग्दीबाट प्रशिक्षक बोलाएर गाउँमै ढाकाका कपडा उत्पादन गर्ने सीप सिकेका महिलालाई समुहमा आवद्ध गराएर थप व्यावसायीक बनाउन गाउँपालिकाले लगानी गरेको हो ।

महिलालाई व्यावसायिक, स्वरोजगार र उद्यमी बनाउन पालिकाले ६ वर्ष पहिलेदेखि सीप सिकाउने, तान प्रदान गर्ने, समुहको भवन निर्माण गरिदिनेदेखि उनिहरुले उत्पादन गरेका कपडा खरिद गर्दिने सम्म गाउँपालिकाले गर्दै आएको छ ।

पालिकाले विभिन्न कार्यक्रम गर्छ, कार्यक्रम गर्दा मायाको चिनो स्वरुप महिलाले उत्पादन गर्दै आएका सल, गलबन्दी प्रयोग गरिदै आएको छ । ज्येष्ठ नागरिक सम्मान जस्ता कार्यक्रममा टोपी, गलबन्दी र असकोट प्रयोग गर्दै आएको तमानखोला गाउँपालिकाका उपाध्यक्ष हिराकुमारी छन्त्यालले बताउनुभयो ।

गाउँपालिकाले सात वर्ष पहिले सिप सिकायो भने उनिहरुलाई आवश्यक सामाग्री देखि भवन बनाउनमा समेत सहयोग गरेको छन्त्यालको भनाई छ । अहिले सम्म सामाग्री, भवन तथा प्रशिक्षण सम्म पालिकाको २५ लाख लगानी भइसकेको छ ।

यहाँका महिलाले ढाकाका कपडा बुनेर मासिक ५० हजार रुपियाँसम्म आम्दानी गर्ने गरेका छन् । सुरुवातका दिनमा आफुले उत्पादन गरेका सामग्री विक्रि नभएर दु:ख पाएको भएपनि पछिल्लो समय पालिकाले खरिद गरिदिन थालेपछि महिलाहरु उत्साहित भएको घर्तीको भनाइ छ ।

महिला कल्याण आमा समुहको कोषाध्यक्ष समेत रहेकी घर्तीले पालिकाको साथ र सहयोगले तमानगाउँका महिलालाई उद्यमी बनाएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल