alliance khabar

शनिबार, बैशाख २६, २०८३

कल्याणपुर (सप्तरी), वैशाख २६ गते ।

 सप्तरी प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएर फरार रहेका नौ जना प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले फैसला कार्यान्वयनको सिलसिलामा विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका प्रतिवादीहरूको खोजतलास गरी पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा डाक्नेश्वरी नगरपालिका–३ का सबदलाल मुखिया, शम्भु कुमार मुखिया र सन्तोषी देवी मुखिया रहेका छन् । उनीहरूलाई कुटपिट मुद्दामा जनही पाँच सय रुपैयाँ जरिवाना तथा पाँच सय रुपैयाँ क्षतिपूर्ति तोकिएको थियो ।

त्यसैगरी साविक कबिलासा गाविस–९ (हाल डाक्नेश्वरी नगरपालिका–१) का भुपेन्द्र साह र विनोद साहलाई लुटपाट तथा कुटपिट मुद्दामा जनही एक सय १० रुपैयाँ जरिवाना तोकिएको थियो ।

यस्तै शम्भुनाथ नगरपालिका–१२ का दिनेशप्रसाद साहलाई मोबाइल चोरी मुद्दामा दुई सय रुपियाँ जरिवाना, राजविराज नगरपालिका–१ का महेशप्रसाद यादवलाई लागुऔषध मुद्दामा दुई दिन कैद सजाय तोकिएको छ ।

सोही स्थानका सनोज यादवलाई आपराधिक उपद्रव मुद्दामा दुई हजार रुपियाँ जरिवाना तथा एक महिना कैद र राजविराज नगरपालिका–११ का अमितकुमार यादवलाई पनि आपराधिक उपद्रव मुद्दामा दुई हजार रुपियाँ जरिवाना र एक महिना कैद सजाय तोकिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो । पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल