alliance khabar

बिहिबार, बैशाख १७, २०८३

तनहुँ, वैशाख १७ गते ।

 जिल्ला प्रशासन कार्यालय तनहुँले पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक खण्डमा पहिरो खसेको र मौसम प्रतिकूल रहेको भन्दै यात्रा गर्दा उच्च सतर्कता अपनाउन जिल्लावासी र सडक प्रयोगकर्तालाई विशेष आग्रह गरेको छ।

व्यास नगरपालिका–१ मुसे खोलामा बुधबार दिउँसो करिब ४ बजे वर्षाका कारण सडकभन्दा ५० मिटर माथिबाट ढुङ्गा र लेदोसहितको पहिरो खसेर बाटो एकतर्फी अवरुद्ध भएको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले एक विज्ञप्ति जारी गर्दै तीव्र गतिको हावाहुरी, मेघगर्जन र चट्याङको जोखिम रहेकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र यात्रा नगर्न अपिल गर्नुभएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकले पहिरोस्थलमा प्रहरी टोली खटिएको र सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाउने काम भइरहेको जानकारी दिनुभयो। “लगातारको वर्षाले गर्दा माथिबाट थप पहिरो खस्न सक्ने जोखिम कायमै छ,“ डीएसपी बिकले भन्नुभयो, “प्रतिकूल मौसमका कारण सडक पूर्ण रूपमा सञ्चालनमा आउन केही समय लाग्न सक्ने भएकाले चालकहरूलाई धैर्यता अपनाउन र ट्राफिक नियमको पालना गर्न सूचित गरेका छौँ।’’

प्रशासनले हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना भत्कने र विद्युत् सेवा प्रभावित हुन सक्ने भन्दै सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। कुनै पनि विपद्जन्य घटना भएमा तत्काल उद्धारका लागि जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको सम्पर्क नम्बर ९८२७१९००८६ र ९८४५६५४२४४ मा सम्पर्क गर्न समेत प्रशासनले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल