alliance khabar

बिहिबार, बैशाख १०, २०८३

काठमाडौँ, वैशाख १० गते ।

 नेपालका लागि चीनका नवनियुक्त राजदूत झाङ माओमिङको स्वागतार्थ बुधबार ‘वसन्तको स्वर : गीतसँगै भित्री मङ्गोलियाको यात्रा’ शीर्षकमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

चिनियाँ राजदूतावासले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष लीलाकुमारी भण्डारी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलगायत उच्च अधिकारीको सहभागिता रहेको थियो । कार्यक्रममा चिनियाँ राजदूत झाङ माओमिङले आफ्नो कार्यकालमा नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले दुई देशबिचको परम्परागत मित्रता र सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

राष्ट्रिय सभाकी उपाध्यक्ष भण्डारीले नेपाल र चीनबिचको सम्बन्ध विशेष रहेको बताउनुभयो । अर्थमन्त्री डा. वाग्लेले सांस्कृतिक आदानप्रदान दुई देशबिचको सम्बन्धको महत्वपूर्ण पक्ष रहेको बताउँदै नेपाल र चीनबिचको सम्बन्ध अत्यन्त सफल र सौहार्दपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले आधुनिक विकासका क्षेत्रमा दुई देशबिचको सहकार्यलाई थप फराकिलो बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा ‘वसन्तको स्वर : गीतसँगै भित्री मङ्गोलियाको यात्रा’ शीर्षकमा सांस्कृतिक प्रस्तुतिसमेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल