alliance khabar

मंगलबार, फाल्गुण १९, २०८२

काठमाडौँ, फागुन १९ गते ।

 जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मतदानका दिन मौसम मुख्यतया सफा रहने बताएको छ ।

महाशाखाले मङ्गलबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार फागुन २१ गते दिउँसो तराई भू–भागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ने जानकारी दिएको छ । सो दिन कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

हाल उच्च चापीय प्रणालीको प्रभाव

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको र ती भू–भाग लगायत बाँकी भू–भागमा तुँवालो लागेको महाशाखाले जनाएको छ ।

मङ्गलबार राति तराई भू–भागका थोरै स्थानमा तुँवालो रहने तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ । कोशी प्रदेशको पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

बुधबार तराई भू–भागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ने तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल