alliance khabar

शुक्रबार, फाल्गुण ०८, २०८२

कल्याणपुर (सप्तरी) फागुन ८ गते ।

 प्रेस काउन्सिल नेपालले सप्तरीको राजविराजमा निर्वाचन आचारसंहिता र मिडिया विषयक अन्तरक्रिया गरेको छ । ‘स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित पत्रकारितामैत्री प्रेस काउन्सिल नेपाल’ मुल नाराका साथ काउन्सिलले बिहीबार सरोकारबालाहरुसँग अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा सरोकारबालाहरुले सामाजिक सञ्जाल र एआइको दुरुपयोग गरी बनाइएका सामग्रीका कारण निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेको बताउनुभएको छ ।

अहिलेको अवस्थामा मिडियाभन्दा पनि बढी एआइको प्रयोग गरेर बनाइएका सामग्री सामाजिक सञ्जालमा पोष्ट गरेर निर्वाचन आचारसंहिताको उल्लङ्घन गरिरहेकाले त्यसलाई नियमन गर्नुपर्नेमा सरोकारबालाहरुले जोड दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका महासचिव एवं प्रेस काउन्सिल सदस्य रामप्रसाद दाहालले सामाजिक सञ्जालमा एआइ प्रविधिको दुरुपयोग भइरहेकोमा चिन्ता व्यक्त गर्नुहुँदै सबैलाई यसको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले निर्वाचन आचारसंहिता भित्र रहेर समाचार प्रकाशन र प्रसारण गर्न आग्रह गर्नुभयो । “कसैको मानहानी हुने र एकपक्षीय रुपमा समाचार सम्प्रेसण गर्नु आचारसंहिता विपरित हो” उहाँले भन्नुभयो, “यसतर्फ सबै सञ्चारकर्मीले सचेत भएर कलम चलाउन आग्रह छ ।”

प्रेस काउन्सिल नेपालका प्रकाश शर्माले सातवटै प्रदेशमा यस्तो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुहुँदै पत्रकारिता क्षेत्रलाई व्यवस्थित, जिम्मेवार र उत्तरदायी बनाउन यसले मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

प्रेस काउन्सिल नेपालले आयोजना गरेका कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष बैद्यनाथ झा र जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेश कुमार जोशीले सप्तरीमा आचारसंहिताको अवस्थाबारे जानकारी गराउनुभयो ।

नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवको अध्यक्षतामा आयोजित कार्यक्रममा विशिष्ठ अतिथि मुख्य निर्वाचन अधिकृत किशोर घिमिरे, प्रेस काउन्सिल नेपालका सदस्य शान्ताराम विडारी, आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गा, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल लगायतकाले पत्रकार आचारसंहिताको पालनामा जोड दिनुभयो ।

कार्यक्रममा बरखगणका प्रमुख सेनानी सोवित बहादुर चन्द, नेपाल प्रहरीका प्रहरी उपरीक्षक गौतमकुमार केसी, उच्च अदालत जनकपुर राजविराज इजलास वार एसोशिएसनका अध्यक्ष हरेराम यादव सहितको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल