alliance khabar

बुधबार, आश्विन १७, २०८०

काठमाडौँ, १७ असोज ः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक नौ दशमलव २४ अङ्कले बढेर एक हजार नौ सय ६७ दशमलव ९७ को बिन्दुमा कायम भएको हो ।

आज दुई सय ८४ कम्पनीको ४३ लाख २३ हजार २१ कित्ता शेयर ५८ हजार सात सय ४१ पटक खरिदबिक्री हुँदा रु एक अर्ब १८ करोड ९९ लाख ३१ हजार तीन सय ८५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

बैङ्किङ समूहको उपसूचक सामान्य अङ्कले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक एक दशमलव ५२ र जलविद्युत् समूहको उपसूचक एक दशमलव ३७ प्रतिशतले बढेको छ ।

मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ६१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिटिजन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको रु छ करोड ९३ लाख ६३ हजार एक सय २२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै नबिल ब्यालेन्स फन्ड–२ को तीन लाख १५ हजार चार सय २२ कित्ता शेयर किनबेच भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल