alliance khabar

शनिबार, माघ १०, २०८२

मुक्तिनाथ (मुस्ताङ), माघ १०  गते ।

तल्लो मुस्ताङमा चार वर्षपछि यस सिजनको पहिलो पटक हिमपात भएको छ । गएरातिदेखि तल्लो मुस्ताङमा पर्ने थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका बजार तथा ग्रामीण क्षेत्रमा हिमपात भइरहेको छ ।

हिमपात भएसँगै चिसो अत्यधिक बढेको छ । बेनी–जोमसोम सडकको यातायात सेवामा भने हिमपातले असर गरेको छैन । यातायातका साधन चलिरहेका छन् । गएको कात्तिक महिनाको दोस्रो साता हिन्दू तथा बौद्धमार्गीहरूको महत्त्वपूर्ण तिर्थस्थलको मुक्तिनाथ मन्दिर तथा माथिल्लो मुस्ताङमा हिमपात भए पनि कागबेनीदेखि तल हिमपात भएको थिएन ।

अत्याधिक चिसोसँगै हिमपातका कारण सर्वसाधारणको दैनिकी प्रभावित भएको छ । चिसो बढेकाले सर्वसाधारण घर बाहिर निस्कन नसकेको बारागुङ मुक्तिक्षेत्र–४,का वडा अध्यक्ष कर्म घ्यचो गुरुङले बताउनुभयो । वडा अध्यक्ष गुरूङले भन्नुभयो, ‘‘चार वर्षपछि हिमपात भएको छ, अत्याधिक चिसोका कारण सुनसान ।’’ सदरमुकाम जोमसोमस्थित पुथाङ एयरर्पोटबाट समेत आसपासका क्षेत्रमा सेताम्मे हिमपात देखिन्छ । पछिल्लो समयत अत्याधिक चिसोले पर्यटकीयस्थल पनि सुनसान छन् । यता हिमपातले कृषकमा भने खुशीयाली छाएको छ ।


हिउँ पग्लिएर खेतबारीमा रहेको किराहरु मर्ने, चिस्यानका कारण गर्मी सिजनमा बोटबिरुवा फस्टाउने भएकाले उत्पादन बढ्ने कृषि तथा पशु विकास कार्यालय मुस्ताङका कार्यालयका प्रमुख डा.लालमणी अर्यालले बताउनुभयो । हिमपातले स्याउ लगायत अन्य फलफुल, कृषि उत्पादनलाई सघाउने प्रमुख अर्यालको भनाइ छ ।

हिमपातले स्याउ, जौँ, गहुँ, उवा, फापर बालीको उत्पादन वृद्धि हुन्छ । स्याउको परागसेचनका लागि चिसो तापक्रमको आवश्यकता पर्ने र चरन क्षेत्रमा समेत घाँस पलाउन सहज हुने भएकाले नियमित हिमपात कृषकलाई बरदान सावित हुने डा. अर्यालको भनाइ छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण नियमित हिमपात नहुदाँ कृषि, पशुपालनको क्षेत्रलाई असर गरेको थियो । यसैबिच उपल्लो मुस्ताङमा चिसो बढेसँगै अधिकांश नागरिक जाडो छल्न बेसी झरिसकेका छन् भने विकास निर्माणका काम रोकिएको छ । स्थानीय तह तथा अन्य सरकारी कार्यालयमासेवाग्राहीको उपस्थिति पनि न्यून छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल