alliance khabar

मंगलबार, माघ ०६, २०८२

हेटौँडा (मकवानपुर), माघ ६ गते ।

स्थानीय तहका महिला जनप्रतिनिधिले वन र वातावरणको दिगो व्यवस्थापनका लागि नीति, कार्यक्रम र बजेटमार्फत प्रभावकारी कदम चाल्ने प्रतिबद्धता जनाउनुभएको छ । प्राकृतिक स्रोतमा महिला अधिकार सञ्जाल नेपालको संयोजन तथा खाद्य तथा कृषि सङ्गठन नेपालको आयोजनामा भएको अन्तव्रिर्mया तथा क्षमता अभिवृद्धि कार्यक्रममा सहभागी महिला नेतृत्वले वन संरक्षण, जलवायु परिवर्तन अनुकूलन र स्थानीय आर्थिक समृद्धिलाई आपसमा जोडेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको हो ।

बागमती प्रदेश सभा सदस्य भारती पाठकले वन, वातावरण र जलवायु परिवर्तन अहिले विकासको केन्द्रीय मुद्दा बनेको उल्लेख गर्दै प्रदेश सभामा विषयगत समितिबाट नीतिगत छलफल भइरहेको जानकारी दिनुभयो । “नीति बनाउनु मात्र पर्याप्त हुँदैन, स्थानीय तहसम्म पुगेर प्रभावकारी कार्यान्वयन भयो भने मात्र प्रतिफल देखिन्छ,” उहाँले भन्नुभयो ।

मनहरी गाउँपालिकाका उपाध्यक्ष सीता पुलामीले सामुदायिक वन व्यवस्थापनलाई आम्दानी र रोजगारीसँग जोडेर पालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले पछिल्ला वर्षमा उद्यममुखी वन व्यवस्थापनका कारण आगलागीका घटनासमेत नभएको उल्लेख गर्नुभयो । “वनलाई संरक्षणसँगै आम्दानीसँग जोड्दा समुदाय आफैँ संरक्षणमा जुट्छ,” उहाँले भन्नुभयो ।

यस्तै इन्द्रसरोवर गाउँपालिका उपाध्यक्ष उमा लामाले पालिकाले हरेक वर्ष वन, वातावरण र जलवायु परिवर्तनसम्बन्धी कार्यक्रमका लागि बजेट विनियोजन गर्दै आएको बताउनुभयो । “जलवायु परिवर्तनका असर दैनिक जीवनमै देखिरहेका छौँ, त्यसैले स्थानीय योजना पनि त्यस अनुसार नै हुनु पर्छ,” उहाँले थप्नुभयो । बकैया गाउँपालिका कार्यपालिका सदस्य लक्ष्मी माझीले तालिममा सहभागिताले जलवायु परिवर्तन, वन संरक्षण तथा प्राकृतिक स्रोत व्यवस्थापनबारे बुझाइ थप स्पष्ट भएको बताउँदै महिला, आदिवासी जनजाति तथा सीमान्तकृत समुदायको अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल